सोमबार २० मंसिर २०७८

नेपालमा पछिल्लो २४ घण्टामा कति निको भए कति थपिए कोराना संक्रमित ?
By admin -August 21, 2021092

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ– नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३० कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


Last Updated on: August 22nd, 2021 at 12:54 am
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया