आइतबार १९ मंसिर २०७८

काठमान्डौ– चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ । २०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाधिएका बल्छीलाई आज पुत्र लाभ भएको हो ।\

मेरी बास्सैबाट बल्छी धुर्बेको नामबाट परिचित भएका मरिचमान श्रेष्ठले राजु पौडेल संग मिलेर हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ र सामाजिक विषयवस्तुमाथि ‘जुठे’ टेलिसिरियल निर्माण गरिरहेका छन् । करुणा संग को बिहेफापेका बल्छीले काठमान्डौमा फुत्सल समेत संचालन गरेका छन ।

इकुको आश्रममा हरिबिजोक ,रुदै भन्छन् म म रे पनि मेरो छोराछोरीले खान पाउन ,कठै बिचरा (हेर्नुस् भिडियो )

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।मान्छेलाई रोगले त सतायो नै त्यो भन्दा बढि नहुने बर्गलाई भोकले सताएको छ ।

त्यस्कै उदाहरण सुलेमान शंकर (इकु) जस्ले स्नेह आश्रम चलाउदै आएका छन् जुन चाबहिल ,मुलपानि काठमाडौमा अवस्थित छ ।उनले आफू अभिभावक भएर धेरै बेसहारा बालबच्चालाई हेर्दै पाल्दै र हुर्काउदै आइरहेका छन् ।आफ्नो गास समेत का`टेर ती बच्चाहरुलाई दिने गरेको उनको प्रतिक्रियाबाट सहजै बुझ्न सकिन्छ ।

आफुलाई ४-५ लाख ऋण लागिसकेको र सो आश्रममा अहिले काम गर्ने लगायत सबै बालबच्चालाई भने बमोजिम खान लाउन दिन नसकेको भन्दै उनी भकानिए ।अरु राम्रो मीठो मसिनो नभएपनि सामान्य दालभातसम्म मात्रै दिनसकेपनि धेरै सौलियत हुने र सो सम्म दिन गाह्राे भइरहेको अवस्थामा आफुलाई हदसम्मको दुख भएको उनी बताउँछन् ।आफू बरु म`र्न तयार भएको तर यो आश्रममा भएका सबै छोराछोरीले घर पाउन राम्रो खान लाउन पाउन भन्दै उनी एकदमै भावुक समेत भए।

जब चाडपर्व नजिकिदै गर्छ तब सुलेमान (इकु) एकदमै चिन्तित हुन्छन् किनकि आश्रममा भएका सबैलाई चाडपर्वमा मीठो मसिनो खान मन लाग्छ र आफुले ती सबै आवश्यकता पुर्याउन नसक्दा हदसम्मको दुख लाग्ने गरेको उनी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: August 22nd, 2021 at 12:24 pm
६७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया