आइतबार १९ मंसिर २०७८

सहमतिमै शारीरिक सम्पर्क १० लाख नदिएपछि ब ला त्का र भनेर एसएसपी फसाउने युवतीलाई के कारवाही हुन्छ ?
भदौ ५, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
LEARN MORE
काठमाडौं-

जिल्ला अदालत कास्कीले ‘पोखरा-१३०’ नामाकरण गरेकी महिलाले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई लगाएको ब ला त्का र मुद्दामा सफाई दिएको छ ।

अदालतले ‘सहमतिको सम्बन्ध’लाई ब ला त्का र भन्न नमिल्ने नजीर र दलील उल्लेख गर्दै अधिकारीलाई सफाई दिएको हो । अदालतले नै सफाई दिएपछि एसएसपी निर्दोष सावित भएका छन् । तर उनलाई जानाजनात सहभतीमै सहबास बसेर पैसाका लागि फसाउने महिलाप्रति प्रश्न उठ्न थालेको छ । उनलाई अब कानुनले के गर्छ ?

वर्षौंदेखि परिचित महिलासँग दिनभरी बसी रक्सी खाएपछि सहमतिमा सम्बन्ध राखिएको थियो। सो घटनापछि ति महिलाले १० लाख माग्दा दिन नसकेपछि अधिकारीलाई ब ला त्का रको अभियोग लगाएकी थिइन् । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा ब्यवस्थापन शिक्षालयका प्रमुखबाट सरुवा भएर फर्कने तयारी गरिरहेका बेला ३१ असार ०७७ मा ब ला त्का र मुद्दामा अधिकारीलाई पक्राउ गरी थुनामा राखिएको थियो ।

ति महिलाले पछि बयान फेरेकी थिइन्। ‘मलाई ब ला त्कार भएको होइन, म घर फर्कन लाग्दा सर कोठामा नहुनु भएको र ढोका खोल्न लाग्दा उल्टो लक भएकोले नखुलेर मैले आत्तिएर प्रहरी कन्ट्रोलमा फोन गरी चाँडो निस्कन उक्त आरोप लगाएको’ भन्ने बयान दिएकी थिइन् । तैपनि ब ला त्का र अभियोगको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि अस्पताल लगिएको ‘पोखरा-१३०’ नामकी महिलाको पिंक रङ्गको पेन्टी पछि नभेटिनुलाई पनि अदालतले फैसलामा एउटा प्रमाण रहेको उल्लेख गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले मुद्दाको फैसलामा ब ला त्का रका विषयमा पनि व्याख्या गरेका छन्। ‘एसएसपी मुद्दामा सहमतिको सम्बन्ध देखियो। सहमतिको सम्बन्ध र ब ला त्का र फरक कुरा हुन्’, फैसलामा उल्लेख छ । फैसलामा अभियोजन पक्षले सरकारी साक्षीका रूपमा प्रस्तुत गरेका घटनास्थल, मुचुल्कामा सही गर्ने ब्यक्तिहरूले अदालतमा आइ बकपत्र गर्दा वारदात सम्बन्धमा आफूहरूलाई थाहा नभएको बताएको, घटनास्थलबाट कुनै होहल्ला या आवाज नआएकोलगायतका तथ्यहरू उल्लेख गरी ब ला त्का र नभएको ठहर गरिएको छ।

तर ति महिलाले सुरुआतमा भने फरक बयान दिएकी थिइन्।
‘मसँग एसएसपीको पूर्व चिनजान भइ मलाई साली भनेर बोलाउनुहुन्थ्यो । मेरो पोखरा आउने काम परेकोले फोन गर्दा म पनि सरुवा भएर जाँदैछु, मेरो निवासमा आउ, सँगै खाना खाउँला भन्नुभएकोले चितवनबाट स्कुटीमा उहाँको निवास लामापाटन गएकी हुँ’, महिलाले सुरुआती बयानमा भनेकी थिइन्,‘त्यतिबेला उहाँले रक्सी खाएजस्तो लागेको थियो। हामी दुई जनाले सँगै खाना खाएपछि उहाँले आफ्नो सुत्ने कोठा तथा बिस्तरा देखाउने बहानामा जबर्जस्ती बिस्तारामा तानी ब ला त्का र गर्नुभयो र रुमालले बिर्य पुछी मलाई बाथरुममा पठाउनुभयो। मैले बाथरुममा भएको स्प्रे धाराको पानीले गोप्य अङ्ग धोएकी हुँ ।’

अदालतमा एसएसपी अधिकारीले पनि बयान दिएका थिए ।
उनले भनेका थिए-
मैले उनलाई फोनमार्फत चिनेर फोन, भाइबर, म्यासेन्जर समेतबाट अडियो, भिडीयो कलमार्फत बोल्ने, जिस्कने गर्दथ्यौँ । यसै क्रममा मायाप्रेम बसी माया प्रेमका शब्दहरूको आदान प्रदान पनि हुने गरेको थियो । उनले हजुर पोखरा भएकै बेला भेट्न आउँछु भनेकोले मैले हुन्छ भने । उनी पोखरा आइपुग्दा म निवासमा थिइनँ, उनैले फोनमा भान्जी भेट्न आएकी छन् भनेर गेटमा भनिदिनु भनिन् र मैले गेटमा भान्जी नभनी मेरो गेष्ट आएकी छन्, भित्र राख्नु भनेँ। उनी मेरो निवासमा आइपुग्दा बिहानको सवा ९ बजेको थियो। म निवासमा पुगेर बैठकमा हामी दुई एकछिन बसेपछि उनले बिस्तरामा आराम गर्ने भनी मेरो कोठामा गइन्। केही छिनपछि मलाई भित्र बोलाएर उनी नै मलाई छुन, लडीबुडी गर्न आएकी हुन्। मेरो ओठ, मुख र गालामा किस खान खोजेपछि मैले सरकारी कार्यालय हो यस्तो नगरौँ भनेको थिएँ ।’
पछि उनले तपाईंको बेइज्जत गराइदिन्छु, तपाईंका आइजीपी शैलेन्द्र खनाल र रेणु दिदी (भरतपुरकी मेयर)सँग मेरो राम्रो सम्बन्ध छ, उनीहरूलाई तपाईंले मलाई ब ला त्का र गर्नुभो भनिदिन्छु भन्न थालिन्। तिमीलाई चाहिएको कुरा भन, तर मेरो बेइज्जत नगर भनेपछि उनले १० लाख रूपैयाँ मागिन् । पैसा नभएकाले म तनावमा परेँ र, एकछिन बस्दै गर म पैसा खोज्न जान्छु भनेर निस्किएँ। धेरै तनाव भएकोले मैले निवासमै बोतलमा भएको रक्सी खाएँ ।
बाहिर निस्किएर सप्रनाउ मोहन न्यौपानेलाई म फसेँ, मकहाँ आएकी केटीले १० लाख मागीरहेकी छे, दिइन भने बेइज्जत गर्छु भन्छे, पैसा छैन के गरुँ भनेँ। डीएसपीसँग पनि कुरा गरेँ। उनीहरू दुवैले यो केस अब हजुर आफैंले सल्ट्याउनु पर्छ भने। म निवाससँगैको झाडीमा बसेर अब के गरौँ भनेर सोचिरहेको थिएँ, प्रहरी आएर मलाई पक्रिए । २६ चैत ०७७ मा नै एसएसपीले सफाई पाए पनि भर्खरै कारागारमुक्त भएका छन् । पक्राउ गरी थुनामा राख्दा एसएसपी अधिकारीले आत्महत्या गर्छु भनेपछि कडा निगरानीमा राखिएको थियो । फैसलामा ति महिलाको विषयमा भने अदालत मौन रहेको छ ।

अनलाईनन्यूजसेभेन


Last Updated on: August 22nd, 2021 at 12:39 pm
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया