शुक्रबार १७ मंसिर २०७८

नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव आइपुग्यो, भावविह्वल हुँदै यसरी गरे बिदाई

नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव आइपुग्यो, भावविह्वल हुँदै यसरी गरे बिदाई
FacebookTwitterPrintEmailMore
काठमाडौं, भदौ ६ ।

नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव बाकसमा नेपाल आइपुगेको छ। स्वदेशमा रोजगारी नभएर मलेसियामा रोजगारीका लागि गएका २४ युवायुवतीको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवायुवतीको शव आइपुगेको जनाएको छ ।

वाकोटकी मिठ्ठुको शव शनिबार नै बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ। हँसिली र फरासिली स्वभावकी मिठ्ठुको बिदेशी भुमिमा भएको निधनले आफूहरु मरेतुल्य भएको परिवारजनले वताएका छन ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।


Last Updated on: August 23rd, 2021 at 1:04 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया