आइतबार १९ मंसिर २०७८

झापा ।

उदयपुरबाट माइतिपक्षको उपस्थिती भएपछि मात्र झापाको कनकाई नगरपालिका-१ दुर्गापुरमा एकै परिवारका तीन जनाको ला श उठाइने भएको छ । ८ महिनाकी नानीसहित सोमबार उनीहरु आफ्नै घरको कोठामा झुण्डीएको अवस्थामा भेटिएका थिए ।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाको बच्चामध्ये श्रीमति मुनाको माईत उदयपुर हो ।

उदयपुरबाट माइतिपक्ष आएपछि मात्र ला श त्यहाँबाट उठाउने निणर्य भएकाले अहिलेसम्म ला श भएको कोठाको ढोकासमेत खोलिएको छैन । प्रहरीका अनुसार माइती पक्ष उदपुरबाट हिडीसकेका छन् ।

जीवन त्याग्नुको अनुमानित कारण :

रविन विकको घरमा केही समयदेखि पैसा माग्न आउनेहरुको लर्को लाग्ने गरेको थियो । दैनिक ८/१० जना व्यक्तिहरु पैसाका लागि उनीहरुको घर पुग्ने गर्थे । पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउन युवाहरुलाई मेनपावरसँग सम्पर्क गराउँदै आएका विक परिवारले पैसाकै चिन्ताले यस्तो फैसला गरेको हुनसक्ने अनुमान गरिएको छ ।


Last Updated on: August 23rd, 2021 at 3:49 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया