आइतबार ०७ आश्विन २०८०

काठमाडौं । चिकित्सकले मृत्यु घोषणा गरेको एक महिलाले घाटमा मुख खोलेको भन्दै बीरगन्ज स्थीत भवानी अस्पतामा बवाल भएको छ । प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ परेको छ । उपचार गर्नुपर्ने विरामीलाई मृत्यु घोषणा गरेको भन्दै घाटवाट फर्किएर महिलाका आफन्तले अस्पतालमा बवाल गरेका हुन् । भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको हो ।

महिलाका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आ क्र म ण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत क्षती पुगेको छ । अस्पतालमा बवाल भएपछि आएको प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

एक चिकित्सक र नर्स घाइेत भएका छन् । सीसाले लागेर एक बिरामी कुरुवा महिला पनि घाइते भएकी छन् । पक्राउ पर्नेहरुमा विरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ५४ वर्षीय सुरेश राम, २२ वर्षीय अच्छेकुमार राम र बारा परवानीपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय भिम राम पक्राउ परेका छन्।

यस्तो थियो घटना विवरण
वीरगन्ज महानगरपालिका–२० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा रहेको भवानी अस्पतालमा ल्याइएको थियो।

आइतबार बिहान साढे ११ बजे डाक्टरले उनलाई मृ त घोषणा गरेका थिए। चिकित्सकले मृ त घोषणा गरेपछि आफन्तहरूले शवलाई घाटमा पुर्याएका थिए । तर, घाटमा नै रमिताले मुख खोलेको भन्दै उनीहरुले साढे १ बजे पुनः अस्पताल ल्याएका थिए । चिकित्सकले फेरि नि मृत्यु भइसकेको भनेपछि आफन्तहरूले आ क्रो शमा आएर बवाल गरेको प्रहरीले जनाएको छ ।https://nepalnew24.com/archives/10325बाट साभार


Last Updated on: August 23rd, 2021 at 3:58 pm
५००९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया