शुक्रबार १७ मंसिर २०७८

को’रोना संक्रमणबाट नर्स सावित्री भट्टराईको दु’खद नि’’ धन, आफन्तको स्टाटसले सबैलाई रुवायो ! || को’रोना संक्रमणबाट नर्स सावित्री भट्टराईको दु’खद नि’धन, आफन्तको स्टाटसले सबैलाई रुवायो !को’रोना संक्रम’ णबाट नर्स सावित्री भट्टराईको दु’खद नि’ ’धन, आफन्तको स्टाटसले सबैलाई रुवायो !काठमाडौं । को’रोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको नि ’ध; न भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको नि’धन भ; एको जानकारी दिनुभयो । उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा का’र्यरत हुनुहुन्थ्यो ।

आफैँले ओढेकाे रेनकाेट माेटरसाइकलकाे पाङ्ग्रामा बे’रिँदा ‘सुमन’ काे ज्या’न गयाे!!
Enews Nepali
@Enewsnepali

आफैँले ओढेकाे रेनकाेट माेटरसाइकलकाे पाङ्ग्रामा बे’रिँदा ‘सुमन’ काे ज्या’न गयाे!!
FacebookTwitterPrintEmailMore
सोलुखुम्बु

हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँमा हिजाे शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो । पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाइकलमा सल्लेरीतर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जोखिमयुक्त नै थियो अझ निरन्तरको वर्षाले सडक हिलाम्मे बनेको थियो ।

पानी परेकाे समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्या’नै लियो । सुमनलाई के थाहा र वर्षाकाे दर्किँदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्या’न लिन्छ भन्ने

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेकाे रेनकोटको पछिल्लो भाग मोटरसाइकलकाे पछाडिकाे पाङ्ग्रामा बेरिन पुग्यो । रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टायरमा बेरियो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेकाे रेनकोट बेरिएको केही समयमै सुमन भुइँमा ढले, रेनकोट घाँ’टीमा पा’सो लाग्दा उनको घटनास्थलमै ज्या’न गयाे ।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतक सुमनको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा चोट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दु’र्घटनाको जोखिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले बताउनुभयो ।

पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल, स्कुटरको चेन टायरमा बेरिँदा यस्ता दु’र्घटना निम्तिन सक्ने डीएसपी कटवालको भनाइ छ । कतिपय ठाउँमा महिलाले लगाएको साडी, सल माेटरसाइकल र स्कुटरकाे चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दु’र्घटना भएको उदाहरण छन् ।

सवारी साधन चलाउँदा तथा यात्रा गर्दा यस्ता विषयलाई ख्याल गरिएन भने मानिसको ज्या’नै जान सक्ने भएकाले सतर्कता अपनाउन डीएसपी कटवालको सुझाव छ ।


Last Updated on: August 24th, 2021 at 12:25 am
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया