शुक्रबार १७ मंसिर २०७८

बच्चाको अन्त्येष्टिका लागि लिएको ८०० रुपैयाँ तिर्न नसकेपछि आफैले संसार छोड्ने निर्णय लिए !
भदौ ७, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Men, Try This Tonight And You Will Never Need Viagra Again!
LEARN MORE
काठमाडौं ।

८०० रुपैयाँ तिर्न नसकेपछि एक व्यक्तिले आफैले संसार छोड्ने निर्णय लिए । उनी मृत अवस्थामा भेटिए ।बच्चाको अन्त्येष्टिको लागि लिएको ८०० रुपैयाँ ऋण तिर्न नसकेपछि एक व्यक्ति आफैपनि संसारबाट विदा भएका हुन् । भारत, महाराष्ट्रको पालघरमा बस्ने सावित्री पवारका श्रीमान् कालु पवार मृत फेला परेका हुन् ।

गत वर्ष छोराको मृत्यु पछि रामदास कोरडेसँग कालु पवारले कफन किन्नका लागि भारु ५०० रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको पैसा तिर्न नसकेपछि रामदासले कालुलाई आफ्नो खेतमा काम गर्न लगाएका थिए ।जून २०२१ देखि कालु पवारले खेतमा काम गरेका थिए । आफूले ऋण लिएको ८०० रुपैयाँ भन्दा धेरै खेतमा काम गरेपछि कालेले ज्याला मागेका थिए । तर रामदासले ज्याला दिनुको सट्टा कालेलाई उल्टै भौतिक क्षति गरे ।

त्यसकारण तनावमा रहेका कालेले संसारबाट नै विदा लिएका हुन् । श्रीमानको मृत्युपछि श्रीमतीले पालघर जिल्लाको मोखाड प्रहरी चौकीमा उजुरी दिएकी छिन् ।उजुरीमा आफ्ना श्रीमानले रोजगारदाता रामदासका कारण मृत्यु भएको भनिएको छ । सावित्री पवारका पति कालु पवार २१ जुलाई २०२१ गते मृत फेला परेका थिए । उनले श्रीमतीसँग निक्कै गुनासो गरेका थिए।

२०२० मा सावित्री पवारको कान्छो छोराको मृत्यु भएको थियो । बालकको मृत्यु कसरी भयो भन्ने कुरा उनीहरुले बुझेनन् । उनीहरुसँग बच्चाको अन्त्येष्टि गर्नको लागि पैसा थिएन । त्यसपछि कालु पवारले गाउँका रामदास कोरडेबाट पैसा उधारो लिएका थिए ।

संसारबाट विदा हुनुभन्दा केही दिनपहिले कालुको स्वास्थ्य खराब भएको तर रामदासले गरेको व्यवहारकै कारण उनमा समस्या आएको उजुरीमा उल्लेख छ ।राज्यस्तरीय जनजाति क्षेत्र समीक्षा समितिका अध्यक्ष तथा मजदुर संघका संस्थापक विवेक पण्डितको अनुगमनपछि प्रहरीले यो मुद्दा दर्ता गरेको हो । अभियुक्त रामदास पनि आदिवासी समुदायका व्यक्ति हुन्। उनलाई पक्राउ गर्ने तयारी छ ।


Last Updated on: August 24th, 2021 at 12:44 am
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया