बुधबार २२ मंसिर २०७८

बढ्यो खाना पकाउने ग्यासको भाउ
Mountain Media August 24, 2021

FacebookTwitterPrintMore
काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे ।

निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएकाे छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएकाे छ । अब प्रति सिलिन्डरकाे मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेकाे छ ।


हवाई इन्धनमा आन्तरिकतर्फकाे मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएकाे र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलाेमिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलाेमिटर पुर्‍याएकाे निगमकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्दै आइरहेकाे छ ।


Last Updated on: August 24th, 2021 at 6:55 pm
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया