आइतबार १९ मंसिर २०७८

प्यूठानको गौमुखी गाउँपालिका– २ अर्खाका ७५ वर्षीय तन बहादुर सुनारको मृत्यु।

प्यूठानको गौमुखी गाउँपालिका– २ अर्खाका ७५ वर्षीय तन बहादुर सुनारको शव फेला परेको छ । ३२ साउनदेखि बेपत्ता सुनारको शव गाउँ नजिकको कोर्चेघाट खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सुनार बेपत्ता भएदेखि प्रहरी र आफन्तले खोजी गरेका थिए । खोलामा मंगलबार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

हस्ताक्षर सनाखतका लागि माधव नेपालसहितका नेताहरु आयोग पुग्दा
By admin -August 25, 2021039

दल दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर सनाखत गर्न नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोग गएका छन् ।
पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुगेका थिए । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका थिए भने नेताहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर गएका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको नाममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए ।

एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।

आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।

नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो ।
माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।


Last Updated on: August 25th, 2021 at 4:02 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया