
सामाजिक सञ्जालमा अहिले अनौठो लाग्ने जोडीहरु निकै भाइरल हुने गरेका छन् ।
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
टिकटकमा भाईरल १८ बर्षिय करिश्मा नेपाली सेनासग बिवाह गरेको दुई महिनामानै मृ…
फरक प्रकृतिका ब्यक्तिबीच भएका भएको विवाहलाई सामाजिक सञ्जालमा ल्याएर भाइरल बनाउने ट्रेण्ड चलेको छ ।
अहिले फेरी सामाजिक सञ्जालमा एक जोडी भाइरल भएका छन् । पति निकै मोटा देखिन्छन् । जसलाई सामाजिक सञ्जालमा नेपालकै सबैभन्दा मोटा भनेर उल्लेख गरिएको छ । उनको नाम हो कृष्णवहादु पन्त ।
जो चितवनको नारायणी नदिको आसपासमा भेटिएका थिए । उनको जोडी अहिले सामाजिक सञ्जालमा भाइरल छन् । पन्तको श्रीमती निकै पातली छन् । यो जोडी देखिदा फरक देखिन्छन् ।
चितवनमा भेटिएका यि जोडीबीच निकै माया प्रेम छ । दुई जनाबीच कुनै समस्या छैन । तर कृष्णलाई देख्नेहरुले भने कहिले जिस्क्याउँछन् त्यतीबेला भने उनलाई निकै नराम्रो लाग्छ । उनको तौल एक सय १८ किलो छ । कृष्णले आफुजत्तिको मोटो नदेखेको बताए ।
उनी सानैमा भने यति मोटो थिएनन् । २०६२ साल देखी उनको शरिरको तौल बढ्न थाल्यो । जति प्रयास गरेपनि उनको तौल घट्दै नघटेको बताए ।
उनको विवाह २०५८ सालमा विवाह गरेका हुन् । देवघाटवाट कृष्णले विवाह गरेका हुन् । उनको विवाह हुँदा कृष्ण यस्तो माटो थिएनन्
। एक्कासी शरिरको तौल बढ्दा उनीहरुलाई अचम्म लाग्यो । कृष्णले दमको औषधी खानेभएकाले त्यही औषधीको असर होला भन्ने लाग्यो तर कारण खासै कारण थाहा नभएको बताए । कृष्णको उमेर अहिले ३९ वर्षका भए । अरुका लागि अनौठो लागेपनि कृष्णलाई भने निकै गाह्रो हुन्छ ।
सामान्य काम गर्न, नुवाई धुवाई गर्न असहज हुने बताए । ससुराली पनि नजिकै छ । उनको खाना भने सामान्य नै छ त्यस्तो फरक केही छैन ।
नारायणी देवघाटमा भेटिएका उनीहरुको पारिवारीक जिवन भने सामान्य छ । शरिर ठूलो भए पनि उनले टेम्पो चलाउँछन् ।
मोटो भएपनि आफुले गर्न सक्ने काम गरेको बताउँछन् । वैदेशिक रोजगारकिा लागि कतार गएका उनी उतावाट फर्कदा ह्वील चेयरमा आएका थिए ।
उनलाई उठ्न र अलिअलि हिड्न पनि परिवारका सदस्यले सघाउनु पर्ग्यो । उनी कतारमा गाडी चलाउँथे ।
त्यतीबेला नै उनलाई समस्या भयो । फोहर फाल्ने गाडी चलाउँथे त्यती बेला उनलाई फोहरको गन्धले त्यहीँ ढलेपछि उनलाई ४१ दिनपछि मात्र होस आएको थियो । तीन महिनाको अस्पताल बसाई पछि उनी नेपाल फर्केको बताउँछन् ।
त्यतीबेला अब जिवनमा केही गर्न सक्दिनहोला भन्ने लाग्थ्यो तर अहिले म सामान्य अवस्थामा आएको बताउँछन् ।