सोमबार २० मंसिर २०७८

अभिनेता प्रकाश राजले २४ अगष्टका दिन फेरि बिहे गरे ,पत्नीलाई ओठमै किस गरेको तस्वीर भाइरल !
प्रकाशित मिति: बुधबार, भाद्र ०९, २०७८ समय: १८:०६:३६
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौं। अभिनेता प्रकाश राजले फेरि बिहे गरेका छन् । उनले आफ्नी प’त्नीलाई ओ’ठमै कि’स गरेको तस्वीर समेत सार्वजनिक गरेका छन्। २४ अगष्टका दिन आफ्नो विवाहको ११ औं एनिभर्सरीको अवसर पारेर उनले आफ्नी पत्नी पोनी वर्मासँग दोस्रो पटक बिहे गरेका हुन् । उनले आफ्नो छोरा वेदान्तको लागि यस्तो गरेका थिए ।

उनका छोरा वेदान्तले आफ्ना अभिभावकले बिहे गरेको हेर्न चाहन्थे । त्यसैले आफ्नो विवाहको ११ औं एनिभर्सरीमा उनीहरुले फेरि बिहे गरेका हुन् । प्रकाशले सामाजिक संजालमा यसका केही तस्वीर शेयर गरेका छन् ।

एउटा फोटोमा प्रकाश घुँडाले बसेर पत्नीलाई औंठी लगाइदिँदै छन् । अर्को फोटोमा उनले पत्नीलाई ओठमा किस गरेका छन् । प्रकाश पत्नी र छोराछोरीसँग निकै खुसी देखिएका छन् ।

मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सव थियो, उनीहरु दुबैले विवाह गरेर वार्षिकोत्सव विशेष बनाएका थिए । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरे । अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ ।


Last Updated on: August 25th, 2021 at 6:32 pm
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया