मंगलबार १२ आश्विन २०७८

मलेसियामा सक्रमणवाट सेक्युरिटिमा कार्यरत ३६ वर्षका चन्द्रको मृत्यु
August 25, 2021 admin ebihaniसमाचार / स्वास्थ्यNo Commenton मलेसियामा सक्रमणवाट सेक्युरिटिमा कार्यरत ३६ वर्षका चन्द्रको मृत्यु

मलेसियामा सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ । रामेछापको लिखुतामाकोशि ५ घर भई विगत तीन वर्ष देखि मलेसियाको फास्क सेक्युरिटिमा कार्यरत ३६ वर्षका चन्द्र वहादुर राउतको सक्रमणवाट मृत्यु भएको हो ।

केहि दिन अगाडि देखि चन्द्रमा सक्रमण देखिएको थियो । कारोना सक्रमण देखिएपछि कम्पनीले शरेडाङ अस्पतालमा लगेर उपचार गराईरहेको थियो । उपचारकै क्रममा सोमवार दिउसो मृत्यु भएको हो ।

शवलाई पोसमार्टम पश्चात मलेसियामै अत्येष्ठि गर्नको लागि आवश्यक पहल भैरहेको कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन । चन्द्रको मलेसियाको रोजगारी दोश्रो पटक थियो । यस अघि २०१४मा आएर २०१७मा नेपाल फर्किएर फेरी हाल काम गरिरेहको सेक्युरिटि कम्पनीमा आएका थिए । चन्द्रको परिवारमा श्रीमती र दुईछोरा रहेका छन ।


Last Updated on: August 26th, 2021 at 12:43 am
१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया