शनिबार ११ मंसिर २०७८

अञ्जली अधिकारी किन विवादमा आइरहन्छिन्, किन आजकल प्रकाश सपुतको गीतमा देखिन्नन् सुनाइन् रुँदै आफ्नो पीडा (भिडियो हेर्नुस्)
August 25, 2021 admin ebihaniमनोरंजन / समाचार / समाजNo Commenton अञ्जली अधिकारी किन विवादमा आइरहन्छिन्, किन आजकल प्रकाश सपुतको गीतमा देखिन्नन् सुनाइन् रुँदै आफ्नो पीडा (भिडियो हेर्नुस्)

काठमाडौ । कलाकारहरुको जीवन वाहिर हेर्दा निकै राम्रो देखिन्छ । उनीहरु हाँसीखुसी देखिन्छन् । तर भित्रि कथा भने अर्कै हुन्छ । यस्तै वारम्बार समस्यामा पर्ने कलाकार हुन् अञ्जली अधिकारी । आफ्नो कलाका क्रममा यस्ता वास्तविकता पोख्न नपाएपनि साक्षात्कारहरुमा भने उनीहरुले आफु माथि परेका समस्या सुनाउने गरेका छन् ।

आफुहरुले भोगेका संघर्षका कथाहरुले उनीहरुको आँखा पनि रसाउँछ । पछिल्लो पुस्ताकी निकै चर्चित कलाकार हुन् अञ्जली अधिकारी । उनी लोकसंगीतमा मोडलका रुपमा धेरै चर्चित छन् । सोचे झैं जिन्दगी रैनछ मा निकै राम्रो नृत्य गरेसंगै अञ्जलीको हाइट थप बढ्यो । अञ्जली गायक प्रकाश सपुतका गीतमा धेरै देखिने मोडल हुन् ।

प्रकाश सपुतले नै अञ्जलीलाई कलाकारीतामा ल्याएको भनिन्छ । तर उनले बद्रि पंगेनीको गीतवाट कलाकारीता सुरु गरेको भएपनि प्रकाश सपुतको बोल माया गीतवाट उनले आफ्नो उचाई बढाएकी हुन् । उनले आफुलाई घरमा कलाकारीतामा आउन राम्रो वातावरण नभएको बेलामा पनि प्रकाश सपुत, बद्री पंगेनी लगायतका अग्रजहरुले घरमै गएर अभिभावकको मन जितेका कारण आफु कलाकारीतामा आउन पाएको बताइन् ।

तर पछिल्लो समय प्रकाश सपुतको गीतमा अञ्जली नआएको देखिएका कारण उनीहरुबीचमा केही खटपट परेको हो की भन्ने आशंका गरिएको छ । उनलाई सामाजिक सञ्जालमा अनफ्रेण्ड पनि गरिएको कुरा सार्वजनिक भएका थिए ।

यो कुरा उनले अस्वीकार गरिन् । अञ्जलीले आफु बारम्बार विवादमा परिरहने कुरा स्वीकार गर्छिन । करोड क्लबमा पुगेको सोचे झै रैनछ जीन्दगीमा केक का ट् न नजाँदा आफु माथि गायीका मधु क्षेत्रीले लगाएको आरोप सम्झिएर उनी रोइन् ।


Last Updated on: August 26th, 2021 at 12:45 am
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया