आइतबार १९ मंसिर २०७८

सुनसरि जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर ११ मंगलबारे भन्ने ठाउँ जहाँ एकजना महिलाको पेट एकदमै ठूलो ढंगमा सुन्निएको छ र उहाको दुबै मृगौला समेत फेल छन् ।

उहाको नाममा चन्दा संकलन गरियो र लगभक १५ लाख पैसा उठ्यो तर त्यो सबै पैसा अरुले नै खाइदियो ।

आश्चर्य त यो छकि खाने व्यक्ति अरु कोहि पनि हैन उहाकै आफ्नै श्रीमानले सम्पुर्ण उठाएको पैसा र कान्छि श्रीमती ल्याएर यतिबेला फरार सम्पर्कबिहिन भएका छन् ।

मान्छेको मनमा यति ठूलो पाप कसरी हुन सक्छ कसरी यत्रो पाप गर्न सक्छ ? आफ्नै श्रीमतीसग यतिका बर्षसम्म सगै बस्दै गर्दा जिन्दगीमा आएका दुख सुखका पाटाहरु सगसगै जिउने र म र्ने भन्ने बाचा कसम खाएका थिए होलान् ।

एकै रथमा दुई पाङ्ग्रा भएर नै बाचौला भन्ने बाचा खाएका थिए होलान् तर दुर्भाग्य यस्तो भैदियो कि जब तिनै श्रीमती बिराम परेर थला परिन अनि श्रीमानलाई भने अर्को अवसर आए जस्तो भयो ,कठै । यी चेलिको आशुले साचै नै हदसम्म तिमिलाई पिरोल्ने छ ।

तुइन तर्ने क्रममा बेपत्ता भएका धामीका परिवारलाई सरकारले १० लाख दिने
August 26, 2021 admin ebihaniसमाचारNo Commenton तुइन तर्ने क्रममा बेपत्ता भएका धामीका परिवारलाई सरकारले १० लाख दिने

नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरण मैनहिया–सम्पत्तिया र बुर्तिबाङ पौदी–अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर बायाँ नौ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट कपलिवस्तु निवासी डा शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र शलोनी प्रधान सिंहलाई तथा नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


Last Updated on: August 27th, 2021 at 2:45 am
२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया