बिहिबार २३ मंसिर २०७८

सशस्त्र प्रहरीले १,२२३ जनाको लागि खुलायो बिज्ञापन, असोज १० सम्म आवेदन दिन सकिने
Enews Nepali
@Enewsnepali

सशस्त्र प्रहरीले १,२२३ जनाको लागि खुलायो बिज्ञापन, असोज १० सम्म आवेदन दिन सकिने
FacebookTwitterPrintEmailMore
काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,२२३ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ ।

त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

गर्भवती दीक्षाको सडक दुर्घटनामा मृत्यु, असोज १२ गते डेट थियो
समाचार
August 26, 2021SanamLeave A CommentOn गर्भवती दीक्षाको सडक दुर्घटनामा मृत्यु, असोज १२ गते डेट थियो
काठमाडौं, भदौ १० । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको ज्यान भएको छ । बुधबार साँझ भद्रपुर-९ स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते प्रसाईलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि दमकस्थित लाइफलाईन लगिएको परिवारको भनाई छ ।प्रहरीका अनुसार प्रसाईको राती २ः३० बजे निधन भएको छ । उनको पेटमा रहेको बच्चाको समेत निधन भएको बताइएको छ । बा २७ प ६४२२ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका ३३ वर्षीय मनप्रसाद तिवारीले ठक्कर दिएका थिए ।प्रहरीका अनुसार मापसे गरेर मोटरसाइकल चलाइरहेका तिवारीलाई तत्कालै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चन्द्रगडीको हिरासतमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार गर्भवती दिक्षालाई चिकित्सकले असोज १२ गतेको डेट दिएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: August 27th, 2021 at 3:29 pm
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया