शनिबार १८ मंसिर २०७८

पहिरोले पाँच घरपरिवार विस्थापित, राप्ती नदीमा बगेर एक जना बेपत्ता
प्रकाशित मिति: शुक्रबार, भाद्र ११, २०७८ समय: १३:२२:०६
3
Shares
facebook sharing button 3messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

दाङ – अविरल वर्षापछि खसेको पहिरोले दाङको बङ्गलाचुली टाकुराका पाँच घर परिवार विस्थापित भएका छन । गएराति खसेको पहिरोका कारण बङ्गलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका पाँच घर परिवार विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा दिलबहादुर घर्ती, भीमबहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्तीसहित पाँच परिवारका २२ जना रहेको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिनुभएको छ । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडिपोखरामा सारिएको छ । अन्य चार परिवारलाई पनि अन्यत्र सार्ने तयारी भएको उहाँको भनाइ छ ।

पहिरोका कारण दिलबहादुरको घर भासिएको छ । अन्य चार घर बस्न नमिल्ने गरि चिराचिरा परेको वडा सदस्य बुढाले जानकारी दिनुभयो । क्षतिको विवरण भने प्रहरीद्वारा मुचुल्का उठाएपछि आउने वडा सदस्य बुढाले बताउनुभयो । अहिले पनि निरन्तर बस्ती माथिबाट ढुङ्गा र बस्ती तलबाट पहिरो खसिरहेको उहाँले जानकारी दिनुभएको छ ।

राप्ती नदीमा बगेर एक जना बेपत्ता

राप्ती नदीमा बगेर एक जना बेपत्ता भएका छन । भैंसी चराउन राप्ती नदी किनारमा गएका लमही नगरपालिका–७ का ४५ वर्षीय सुन्दरराम चौधरी घर नफर्किए पछि नदीमा बगेको आशङ्कामा खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

भैंसी घर फर्किए पनि मान्छे नफर्किए पछि परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् ।

बिहीवारदेखि चौधरीको खोजी जारी राखिएको र अहिलेसम्म फेला नपरेको जनाइएको छ । बुधवार दिउँसो भैँसी चराउन गएका चौधरी घर नफर्किए पछि हिजो बिहीवार प्रहरी कार्यालयमा निवेदन दिइएको थियो । भैँसी घर फर्किए पनि सुन्दरराम नफर्किए पछि नदीमा बगेको हुन सक्ने अनुमान गरिएको छ ।


Last Updated on: August 27th, 2021 at 3:41 pm
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया