बुधबार २२ मंसिर २०७८

प्रेम सबैले गर्छन । भनिन्छ माया प्रेममा जात, धर्म, वर्ग, भोगोल इत्यादि केही हेरिदैन, हेरिन्छ त मन । माया प्रेमका कतिपय सम्बन्ध जिन्दगीभरका लागि त कतिपय बिचमै छुटेका पनि छन । यस्तै कथा छ झापा माइधारकि ३३ वर्षीय भुमिका तिमल्सिनाको । १६ वर्षको उमेरमा लिम्बू थरको केटासगँ परिवारको सहमती बिना अंतरजातीय बिहे गरेकी उनका श्रीमानले अहिले अर्कै लिएर हिडेका छन ।

१६ वर्षको सानै उमेरमा SLC दिदाँ दिदै उनले गाँउकै जोन लिम्बुसगँ भागेर बिबाह गरिन । यति सानै उमेरमा घर गरि नखाने केटासगँ बिहे गरेर गै भनेर भुमिकाको परिवारले 1 महिना पछि छुटाएर उनलाइ काठमाडौँ पठाइदियो । सामाखुशीमा पार्लर सिक्दै बसेकी उनको परिवारलाई त्यही निहुमा माओवादीले तनाव दिन थाले पछि उनी काठमाडौँमा रहेको जोनले थाहा पाएर खोज्दै काठमाडौ आएर उनिहरुले पुन बिबाह गरे ।

काठमाडौबाट फेरि बिहे गरेर गाउँमा गए पछि उनीहरुको मिलापत्र माओवादीले गराइदिएको भुमिका बताउछिन । आफू जोन सगँ बिहे गरेर बस्ने भने पछि माओवादीका प्रतिनिधिले मिलापत्र गरि बिहे गराइदिएको उनले बताइन । तर उनका माइती पक्षले भने त्यो कुरामा असहमती जनाएर गाउँ नै छोडेर हिडे । माइतीपक्षले त्यो बेला गल्ती गरिस तेरो घरजम त्यो केटा सग हुदैन भन्दै बारम्बार फिर्ता आउन आग्रह गरेको तर आफुलाइ त्यो बेला कुनै गल्ती गरे जस्तो नलागेको तर अहिले मेरै भलोको लागि उहाँहरुले बुझेर भन्नू भएको जस्तो लाग्ने गरेको, आफुलाइ अहिले पछुतो लाग्ने गरेको उनले बताइन ।

बिहे गरेर छोरी जन्मेको २८ दिन पछि जोनवैदेशिक रोजगारिका लागि मलेसिया गए । मलेसिया गएर उतैका केटिहरुसगँ लागेर पासपोर्ट पनि हराएर इलिगल भएपछि नेपाल फर्किए । बिदेश गएको रिन पनि त्यसै बाकी भएकै अवस्थामा घर फर्किएका उनको मोबाइलमा फोन म्यासेज थुप्रै आउने गरेको आफुले भेटेको उनले बताइन । तर मलेसिया र नेपाल आउन जान सम्भावना नभएकोले आफुले त्यसमा खासै वस्ता नगरेको उनी बताउछिन ।

त्यसपछी उनी भेरेटार काम गर्न भन्दै गए । त्यहा पनि एकजना छोराछोरीको आमा सगँ सम्बन्ध भएको थाहा पाए पछि जोनलाइ घर लिएर आएको उनले बताइन । घर बसेर रिन मात्र लाग्ने गरे पछि परिवारबाट उनहरुलाइ छुट्टिएर फल्टै बसाइदिए । जोनले फेरि मेनपावर खोले आफ्नै नाममा त्यो मेनपावर पनि नचलेर डुबेपछी आफ्नो जग्गा बे,चे,र रिन तिरी उनी थाहै नदिइ काठमाडौ तिर अर्कैकी श्रीमती हानिए । त्यो कुरा उनले पछि मात्र थाहा पाइन । अर्कै श्रीमती लिएर काठमाडौ बस्ने गरेता पनि उनी घर आउने जाने गर्ने गरेको उनले बताइन ।

घर आएको बेला उनको मोबाइलमा भुमिकाले म्यासेज, फोटो भेटिन । त्यही कुरामा झग*डा भयो उनिहरुबिच । मोबाइल हेरे पछि उनलाइ श्रीमानले ना*ली मा फा*लेर पि*टेको बताइन । जे भेटो त्यहिले हा*न्ने गरेकोले आफुले छे*क्दा हातका औलाहरुले अहिले केही काम नगर्ने गरेको उनी बताउछिन । आफुलाइ धेरै चोटि मा*र्ने प्रयास पनि गरेको उनी बताउछिन । कतिले सिरानिले मुख छो*पी, कहिले हा*तले घाँ*टी स*माइ त कहिले ल*डाएर खुट्टाले घाँ*टी थि*ची मा*र्ने प्रयास गर्ने गरेको उनले सुनाइन । अहिले दुई छोरी छन उनिहरुका । प्रहरीमा पनि उजुरी दिएकी उनी अब मिलेर बस्ने त कुनै आधार नै छैन । कानुनले जे गर्छ आफू त्यही प्रक्रियामा जाने बताउछिन ।


Last Updated on: August 27th, 2021 at 7:07 pm
१६१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया