शनिबार १८ मंसिर २०७८

यी हुन एनिक लामा; जसको जम्नजातै चार ओटै हात-खुट्टा छैनन तर पनि उनी यसरी सिँढी चढ्न र ओर्लिन सक्छन् । उनलाई हात लगाउने निकै नै ठूलो रहर छ । अझ अचम्म त के भने उनलाई पाईलट बन्ने छ ठूलो सपना छ । हातखुट्टा नभएरपनि संसारको लागि उदाहरणीय काम गर्ने उनी बताउँछन । अब हामी सबैले उनलाई साथ दिनुपर्छ । हामी आ-आफ्नो ठाउबाट जति सक्दो सहयोग गरी उनको उद्धार गर्न अत्यन्तै जरुरि छ ।
सहयोगी मन का लागि सम्पर्क यसरी सम्पर्क गर्नुहोस् ।

” ११ बर्षका एनिक लामाको चार वटै हात खुट्टा छैनन् । तर उनको क्षमता र आँट अत्यन्तै सह्रानीय छ । सामान्य परिवारमा जन्मेका एनिकको कृतिम हात हाल्ने ठूलो रहर छ ।यसर्थ एनिक लामाको लागि सहयोग गर्न चाहनुहुने तपाई सम्पूर्ण सहयोगी मनले सानिमा बैंकमा रहेको एनिकका परिवारको रबिन लामाको नामको खाता नम्बर ०१३०००००२९९०m मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

थप जानकारीको लागि एनिकको बुबाको सम्पर्क नम्बर ९८४३३४७०४८ वा ९८४३१२३५७४ मा सम्पर्क गर्नुहोला । धन्यवाद ।”

https://youtu.be/49LKD2Qit1I

एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाईको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ ।

सफता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।

पढ्ने वानीको विकास

धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले प्रेरणात्मक कहानी, व्लग्स साहित्या या समाचार भए पनि पढ्ने बानी विकास गर्नुस् ।

सकारात्मक सोच

दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ । दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।

कामको लिस्ट बनाउनुस्

बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।

परिवारलाई समय

तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।

मादक पदार्थबाट पर बस्नुस्

सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ

ध्यान गर्नुस्

कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दि


Last Updated on: August 28th, 2021 at 1:19 am
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया