शुक्रबार ०५ आश्विन २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ ।
उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

जन्मदिन पार्टीमा अ’न्धाधु’न्ध गो’ली चल्दा ६ जनाको ज्यान गयो
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए ।

तर, मुख्यमन्त्री गुरुङले आपूm विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् ।

मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए ।

उनले अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम राख्छन् वा नयाँ सरकार बनाउने दललाई समर्थन गर्छन् हेर्न बाँकी छ .। रातोपाटीबाट


Last Updated on: May 10th, 2021 at 11:46 am
७५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया