बुधबार २२ मंसिर २०७८

पहिरोले घर पुरिँदा पाल्पामा १० वर्षीया बालिकाको मृत्यु
August 29, 2021 admin ebihaniसमाचार / स्वास्थ्यNo Commenton पहिरोले घर पुरिँदा पाल्पामा १० वर्षीया बालिकाको मृत्यु

काठमाडौं । पाल्पामा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना रहेको प्रहरीको भनाइ छ ।

पहिरोले नारायण दर्जीको एक तले कच्ची घर पुरिएको थियो । स्थानीयको अनुसार नैना सुतिरहेको अवस्थामा पहिरोले किचेर गम्भीर अवस्थामा थिइन् । त्यसपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।

यो पनि: हेलम्बु राजमार्ग अवरुद्ध -लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गर्नुभयो । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

पैराबारीका घर जोखिममा – बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा ख स्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिनुभयो ।

बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उहाँले जानकारी दिनुभयो । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ । ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखिनै नगरलाई गराए पनि चासो नदिएको उहाँले दुःखेसो गर्नुभयो । पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले नगरको स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् ।


Last Updated on: August 29th, 2021 at 11:23 am
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया