मंगलबार १२ आश्विन २०७८

धादिङमा करेन्ट लागेर पोखराका उमाकान्त बराल र स्याङ्जाका विमल परियारको मृत्यु
समाचार
August 30, 2021SanamLeave A CommentOn धादिङमा करेन्ट लागेर पोखराका उमाकान्त बराल र स्याङ्जाका विमल परियारको मृत्यु
धादिङमा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीका २४ वर्षका उमाकान्त बराल र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ७ का २७ वर्षका विमल परियार रहेका छन् ।यसैगरी सो घटनामा पोखरा २२ का भुवन बराल गम्भीर घाइते भएका छन् ।उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । मृत्यु भएका दुवै जनाको शव गजुरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी युवराज खड्काले जानकारी दिए । आज बिहान ७ बजेतिर धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बञ्चरे (धारापानी) मा एनसेलको तार तान्ने क्रममा उनीहरुलाई करेन्ट लागेर उनीहरुको मृत्यु भ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****एको हो ।

त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि ज’बरज’स्ती भयो।’ प्रहरी तत्काल उनको घर पुग्यो। महिलाले आफूलाई ज’बरज’स्तीको प्रयास गरेको आरोप लगाएका पुरुषलाई पक्राउ गर्‍यो। प्रहरीमा ती महिलाको जाहेरी पनि पर्‍यो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा जबरजस्ती कर णी उद्योगको मुद्दा हाल्यो। ती आरोपित पुरुषलाई अदालतले अनुसन्धानका लागि कारागार पनि पठायो।

२०७६ साल असार २४ गते त्यसरी पक्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती महिलालाई पक्रेर प्रहरीले जेल पठाएको छ। भएको के थियो भने अदालतले ती महिलाले पुरुषविरुद्ध झुठा जाहेरी दिएको ठहर्‍याएको थियो। उनको जाहेरीको आधारमा जेल परेका ४९ वर्षे पुरुष अदालतको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए। महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो।

कास्की अदालतका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना कारागार सजायको फैसला सुनाएको थियो। फैसलापछि महिला फ’रार सूचीमा थिइन्। प्रहरीले फ’रार सूचीका प्रतिवादी खोज्ने क्रममा पक्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजायका लागि जेल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन्। सर्वाेच्च अदालतबाट जारी विशेष प्रकृतिका मुद्दाहरूको कारबाही गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेरवाला महिलाको वास्तविक नाम अदालतको फैसलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ।

पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र ह’ ‘त्या, दोष लगाउने कार्य औ’चि’ ‘त्यपूर्ण नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कैद सजाय ठहर भएको थियो। २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौजदारी संहिताले ग’म्भीर प्रकृतिका कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो।

सुरुमा ती महिलाले पोखरा ३२ सुकुम्बासी टोलका एक पुरुष आफ्नो डेरामा आई जब’रज’स्ती कर णी प्र’या’स गरेको आरोप लगाएकी थिइन्। डेरामा निदाइरहेको बेला कोठामा छि’रेका ती पुरुषले हात समाई आफूलाई ज’बरज’स्ती ता’न्न खोज्दा फु’त्किएर भागेको र बुट्टे कुर्थाको बायाँसाइडसमेत च्या’ति’एको बयान महिलाले प्रहरीलाई दिएकी थिइन्। तर, पछि तिनै महिलाले अदालतमा बकपत्र गर्दा भने आफ्नो लुगा त्यसअघि नै काम गर्दा च्या’ति’ए’को र ती पुरुषले आफूमाथि कुनै ज’बरज’स्ती नगरेको बताएकी थिइन्। आफू आवेशमा आएर आफ्नै श्रीमान्का चिनजानका ती पुरुषलाई झुठा आरोप लगाएको महिलाले अदालती बकपत्रमा स्वीकार गरेको न्यायाधीश राईले गरेको फैसलाको तथ्य खण्डमा उल्लेख छ।

‘म कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा प्रतिवादीले मा’प’से गरी आई दाइदाइ भनी बोलाएकाले मैले दाइ छैन तपाईं जानुहोस् भन्दा निज नमानी दाइलाई निकाल भनी ढोकामा नै बसिरहकाले आ’वेशमा आई प्रहरीलाई खबर गरेको एवं काम गर्दा च्या’ति’एको कुर्थासमेत दिई पठाएको हुँ, निजले मलाई कर णी गर्ने आसयले ज’बरज’स्ती मलाई हातमा समाती ल’छा’रप’छा’र गरी खा’ट’मा ल’गे’का होइनन्,’ भनी महिलाले प्रतिकुल (हो’स्टा’इल) बकपत्र गरेकी थिइन्।

आरोपित पुरुषले भने ती महिला आफूले चिनेजानेका व्यक्तिकै श्रीमती भएको अदालतमा बताएका थिए। उनले त्यस दिन उनको घर गई दाइ–दाइ भनेर बोलाएको स्वीकारेका थिए। तर, ज’बरज’स्ती कर णी प्र’या’स नगरेको पनि प्रष्ट पारेका थिए। केशवशरण लामिछानेले अन्नपूर्ण पोष्टमा यो खबर लेखेका छन् ।


Last Updated on: August 30th, 2021 at 7:04 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया