मंगलबार १२ आश्विन २०७८

बाँसको तामाले लियो ३५ वर्षीया महालक्ष्मीको ज्यान, परिवारमा रुवाबासी
समाचार
August 30, 2021AdminLeave A CommentOn बाँसको तामाले लियो ३५ वर्षीया महालक्ष्मीको ज्यान, परिवारमा रुवाबासी
काठमाडौं । बाँसको तामा सहितको अचार खाँदा एक महिलाको निधन भएको छ । खबर हो कञ्चनपुरको ।कञ्चनपुरको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृत्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
महाकाली उप प्रादेशिक अस्पतालका अनुसार मृत्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी परेका थिए । झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०स्५५ मा मृत्यु भएको महाकाली अस्पतालका डाक्टर मनोज भट्टले जानकारी दिए ।
डाक्टर भट्टका अनुसार शरीरमा पानीको मात्रा कम हुदा ३५ वर्षीया महालक्ष्मी अचेत बनेकी थिइन् । ताको सेवन गरेका उक्त पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको बताइएको छ । उनीहरुको थप उपचार भइरहेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मृत्यु भएर अन्तिम संस्कारको तयारी हुँदै थियो, आमा रोएको सुनेर ६ बर्षिय बालक फेरि भए जिवित
समाचार
August 30, 2021AdminLeave A CommentOn मृत्यु भएर अन्तिम संस्कारको तयारी हुँदै थियो, आमा रोएको सुनेर ६ बर्षिय बालक फेरि भए जिवित
सास गै सकिएको भनिएका बालकको होस फर्केको छ । त्यति मात्र होइन, उनी ठीक समेत भएका छन् । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका ती बालकलाई डाक्टरहरुले मृ त घोषित गरेका थिए । त्यसपछि बालकको शवलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थिइन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।


Last Updated on: August 31st, 2021 at 2:59 am
५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया