बुधबार २२ मंसिर २०७८

शिल्पाको घटना सेलाउन नपाउँदा ज्याकलिन पनि समस्यामा, किन लिइयो ५ घण्टा बयान
August 30, 2021 admin ebihaniमनोरंजनNo Commenton शिल्पाको घटना सेलाउन नपाउँदा ज्याकलिन पनि समस्यामा, किन लिइयो ५ घण्टा बयान

एजेन्सी । बलिउड कलाकार कुनै न कुनै कारणले समस्यामा पर्न थालेका छन् । सुशान्त सिंह राजपुतको निधन पछि धेरै कलाकार ड्र ग्स का कारण समस्यामा छन् । सुशान्तको निधन पछि यो विषय उठेको छ । दर्जनौ कलाकारसंग प्रहरीले वयान लिएको छ ।

बलिउड नायीका शिल्पा सेट्टीको समस्या सेलाउन पाएको छैन । फेरी अर्की नायीका ज्याकलिन फर्नाडीज समस्यामा परेकी छन् । श्रीमान राज कुन्द्राका कारण शिल्पा समस्यामा परेकी हुन् भने ज्याकलिन भने आफ्नै कारणले समस्यामा परेकी छन् ।

भर्खरै खबर आइरहेको छ कि प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग को विषयमा मा अभिनेत्री ज्याकलिन फर्नांडीज लाई सोधपुछ गरिरहेको छ। ज्याकलिनलाई पछिल्लो पाँच घण्टा दिल्लीमा सोधपुछ भइरहेको छ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज प्रायः कुनै न कुनै कुराको चर्चामा रहन्छिन्।

यो पनि पढ्नुहोस 

काठमाडौं । मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् ।

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्, ‘ शक्तिले भनेका छन् ,’तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’

श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए । ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्, ‘ उनले भने । उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए ।राजधानि दैनिकमा खबर छ ।

केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर , यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन् ।


Last Updated on: August 31st, 2021 at 6:31 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया