शुक्रबार १७ मंसिर २०७८

यतिबेला सामाजिक सञ्जालमा कमेडी च्याम्पियन सिजन – २ को गत एपिसोड चर्चामा छ । कारण हो भरतमणि पौडेल र विक्की अग्रवालले गरेको प्रस्तुती । पारस शाहको गेटअप र हाउभाउ सहित उनको चरित्रलाई कमेडि मार्फत् प्रस्तुति दिएका भरतमणि पौडेलले आम दर्शकको मन जितेका छन् । उनैको प्रस्तुतिले यतिबेला चर्चा बटुलेको छ ।

तर नयाँ शैलीबाट दर्शक हसाउँने उदेश्यले कमेडी च्याम्पियनमा फरक प्रस्तुती दिएका विक्की अग्रवाल भने वि,वादमा तानिए । कारण कमेडी च्याम्पियनका निर्णयक सन्तोष पन्तको टिप्पणी । उनको टिप्पणी पछि धेरेले सन्तोष पन्तको ‘कला–चेत’माथि नै प्रश्न उठाएका छन् । ‘हाम्रो समाजले यसलाई बुझ्दैनन्, मैले त बुझिनँ’ भन्ने टिप्पणीले यतिबेला सन्तोष पन्तलाई नै अफ्टेरो पारेको छ । यही चर्चाको बिषयलाई लिएर पुन्य गौतम र तिलक कार्कीले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

रहिनन् मोडल तथा कलाकार निशा घिमिरे, भर्खरै नर्भिकमा लिइन्‌ बिदा
Enews Nepali
@Enewsnepali

रहिनन् मोडल तथा कलाकार निशा घिमिरे, भर्खरै नर्भिकमा लिइन्‌ बिदा
FacebookTwitterPrintEmailMore
काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको हो ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । कलाकार घिमिरेको उपचारका लागि विभिन्न क्षेत्रका अगुवाहरूले आर्थिक सहायता जुटाएका थिए । तर, उनी सधैंका लागि बिदा भइन् ।

उदीयमान कलाकार तथा मोडल निशा घिमिरे। थुप्रै म्युजिक भिडियोमा अभिनय गरिन्। कयौं म्युजिक भिडियोमा काम गरेकी घिमिरे जेठ २७ गते बिहीबार नर्भिक अस्पतालमा भइन् ।

वि.सं. २०७५ पुस १७ गते भारतको देहरादुनमा सवारी दु’र्घ’टनामा परेकी कलाकार घिमिरे जटिल स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् ।

तर, दुर्घटना भएर थलिएपछि निशाका सारा सपना तोडिन पुगे । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी निशा अहिले अत्यन्तै स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन्।

आर्थिक अवस्था कमजोर रहेका कारण निशाको उपचार हुन सकेको थिएन। २०७५ सालमा उनी अभिनयको कोर्स पढ्न भारत गएकी थिइन्। दु’र्घ’टना भएपछि भारतमै उपचार गरिएको थियो।

तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि उनलाई नेपाल ल्याइएको थियो। काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार गरिए पनि स्वास्थ्यमा सुधार आएन।

चिकित्सकको सल्लाहअनुसार थेरापी गरिएपछि उनको शरीर सुक्दै गयो। नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीको पहलमा उपचारका लागि निशालाई उक्त अस्पतालमा भर्ना गरिएको थियाे।

ललितपुरको बतासे घर भएकी निशालाई नर्भिक हस्पिटलकै एम्बुलेन्समा थापाथली ल्याइएको थियाे। प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको थियाे। शरीरका महत्त्वपूर्ण अंगहरू मुटु, मिर्गाैला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताएका थिए।


Last Updated on: September 2nd, 2021 at 12:24 am
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया