शुक्रबार १७ मंसिर २०७८

अधुरै रह्यो कलाकार बन्ने सपना,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी
September 1, 2021 admin ebihaniसमाचारNo Commenton अधुरै रह्यो कलाकार बन्ने सपना,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो । अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।

‘अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छा,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दि’वंग’त आ’त्माको चि’रशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समयमा उनी सवारी दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको महंगो खर्च धा’न्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए । उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।

भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला २०७८ जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । निशाको शरीरमा रहेका घाउहरूमा समेत कुनै सुधार आएको थिएन ।

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।


Last Updated on: September 2nd, 2021 at 12:40 am
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया