आइतबार १९ मंसिर २०७८

दक्षिणकाली मन्दिरमा अप्रत्यासित घ’टना: मन्दिरमा सबै नाग बाहिर निस्के अ’निष्टको संकेत
By Nepalnews -March 10, 202102913
Share

दक्षिणकाली मन्दिरमा अप्रत्यासित घ’टना: मन्दिरमा सबै नाग बाहिर निस्के अ’निष्टको संकेत

राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ। बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ। ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो।’

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन्।पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए। शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए। अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन्।

संसारकै सबैभन्दा सानो पुन्टेगाई हेर्नेको लर्को
By Nepalnews -July 9, 20210147
Share

बंगलादेशमा एउटा सानो गाई ‘सेलिब्रटी’ बनेको छ। सो गाईलाई हेर्न दैनिक सयौंको संख्यामा मानिसहरुको भीड लाग्न थालेको छ। रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ।

 

बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन्। यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन्। ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न आएकी रिना बेगमले भनिन्।

हसनका अनुसार यो गाईलाई हिंड्न समस्या हुन्छ र शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ। ‘उसले धेरै कम खान्छे,’ हसनले भने, ‘उसलाई बाहिर घुम्न मनपर्छ र जब हामीले उसलाई आफ्नो पाखुरामा लिन्छौं। तब निकै खुसी हुन्छे।’

अहिलेसम्म विश्वकै सानो गाईको कीर्तिमान मनिकयामका नाममा छ। भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ।


Last Updated on: September 2nd, 2021 at 12:42 am
४१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया