बिहिबार २३ मंसिर २०७८

अभिनेत्री निशा घिमिरेको अन्तिम संस्कार (तस्विर सहित)
September 2, 2021 adminसमाचारNo Commenton अभिनेत्री निशा घिमिरेको अन्तिम संस्कार (तस्विर सहित)

इटहरी/ नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । उनको पार्थिब शरीरलाई आज बिहीबार विहान ८ बजे देखि ९ बजे सम्म पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो। निशाको बुधबार बेलुका ६ बजेर ५१ मिलेटमा हस्पिटलमै उपचारको क्रममा निधन भएको थियो । श्रद्धान्जलीका लागि ककाकारहरुकोउपस्थिति रहेको थियो।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो । उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ ।

मलेसियामा सेक्युरिटि पोष्टमै वुधवार दिउसो ढलेर सधैका लागि अस्ताए एक नेपालि ! हार्दिक श्रंदान्जली
Enews Nepali
@Enewsnepali

मलेसियामा सेक्युरिटि पोष्टमै वुधवार दिउसो ढलेर सधैका लागि अस्ताए एक नेपालि ! हार्दिक श्रंदान्जली
FacebookTwitterPrintEmailMore
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/ १६ भाद्र २०७८, बुधवार/ मलेसियामा एक नेपालीको डिउटि गरेकै ठाउँमा मृ’त्यु भएको छ । वुधवार दिउसो करीव १२ वजे तिर खाना खाईवरी डिउटिमा वसेका वैतडि जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न ४ श्रीकेदार घर भई मलेसियामा कार्यरत ३३ वर्षिय गोपाल सिह विष्टको पोष्टमै मृ’त्यु भएको हो ।

वल्ड केलाङ लामामा रहेको एक स्थानमा उनी कार्यरत थिए । विष्ट ढलेको थाहा पाउना साथ साथीहरुले एम्वुलेन्स वोलाउनको लागि निकै फोन गरे तर एम्वुलेन्स आएन । साथीहरुले ग्राव अर्डर गरे ग्राव आउदा विष्टको मृ’त्यु भैसकेको थियो ।

तीन वर्ष अगाडि मात्रै प्रोफेशनल मेनपावरवाट विष्ट रोजगारीका लागि मलेसियाआएका थिए । वन्दरवारु वाग्ङीमा मुख्य कार्यालय रहेको कावालान केशलामातान अनुग्रह सेक्युरिटि कम्पनी अन्तरर्गरत विष्ट वल्ड केलाङ लामा रोडमा रहेको एक स्थानमा कार्यरत थिए ।

कम्पनीलाई खवर गरेपछि प्रहरी र मलेसियाको स्वास्थ टिमले श’वलाई क्वालालम्पुर अस्पतालमा लगेको छ । स्वास्थकर्मिहरुको सवै समुहले पिपिई लगाएर मात्र श’वलाई उठाएका थिए । कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार पहिले श’वको पिसिआर गरिने र त्यसपछि मात्रै पोसमार्टम गरिने जानकारी अस्पतालले गराएको उदृत गर्दै कम्पनीमा कार्यरत साथीहरुले जानकारी गराए ।

विष्टले करीव एक हप्ता अगाडि आफुलाई छातिमा समस्या देखिएको वताएका थिए । तर उनले कम्पनीलाई भने कुनै जानकारी गराएका थिएनन र कुनैपनी औषधि प्रयोग गरेका थिएनन ।
विष्ट परिवारका माहिला छोरा हुन । विष्टका परिवारमा श्रीमती र पन्ध्र र छ वर्षका दुई छोरा छन ।


Last Updated on: September 2nd, 2021 at 11:24 am
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया