सोमबार २० मंसिर २०७८

दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते
समाचार
September 2, 2021SanamLeave A CommentOn दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते
दाङको सिस्ने खोलाले बगाएको कार । तस्वीर : कुलदीप न्यौपाने
१७ भदौ, घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही-१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मलेसियामा सेक्युरिटि पोष्टमै वुधवार दिउसो ढलेर सधैका लागि अस्ताए एक नेपालि ! हार्दिक श्रंदान्जली
Enews Nepali
@Enewsnepali

मलेसियामा सेक्युरिटि पोष्टमै वुधवार दिउसो ढलेर सधैका लागि अस्ताए एक नेपालि ! हार्दिक श्रंदान्जली
FacebookTwitterPrintEmailMore
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/ १६ भाद्र २०७८, बुधवार/ मलेसियामा एक नेपालीको डिउटि गरेकै ठाउँमा मृ’त्यु भएको छ । वुधवार दिउसो करीव १२ वजे तिर खाना खाईवरी डिउटिमा वसेका वैतडि जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न ४ श्रीकेदार घर भई मलेसियामा कार्यरत ३३ वर्षिय गोपाल सिह विष्टको पोष्टमै मृ’त्यु भएको हो ।

वल्ड केलाङ लामामा रहेको एक स्थानमा उनी कार्यरत थिए । विष्ट ढलेको थाहा पाउना साथ साथीहरुले एम्वुलेन्स वोलाउनको लागि निकै फोन गरे तर एम्वुलेन्स आएन । साथीहरुले ग्राव अर्डर गरे ग्राव आउदा विष्टको मृ’त्यु भैसकेको थियो ।

तीन वर्ष अगाडि मात्रै प्रोफेशनल मेनपावरवाट विष्ट रोजगारीका लागि मलेसियाआएका थिए । वन्दरवारु वाग्ङीमा मुख्य कार्यालय रहेको कावालान केशलामातान अनुग्रह सेक्युरिटि कम्पनी अन्तरर्गरत विष्ट वल्ड केलाङ लामा रोडमा रहेको एक स्थानमा कार्यरत थिए ।

कम्पनीलाई खवर गरेपछि प्रहरी र मलेसियाको स्वास्थ टिमले श’वलाई क्वालालम्पुर अस्पतालमा लगेको छ । स्वास्थकर्मिहरुको सवै समुहले पिपिई लगाएर मात्र श’वलाई उठाएका थिए । कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार पहिले श’वको पिसिआर गरिने र त्यसपछि मात्रै पोसमार्टम गरिने जानकारी अस्पतालले गराएको उदृत गर्दै कम्पनीमा कार्यरत साथीहरुले जानकारी गराए ।

विष्टले करीव एक हप्ता अगाडि आफुलाई छातिमा समस्या देखिएको वताएका थिए । तर उनले कम्पनीलाई भने कुनै जानकारी गराएका थिएनन र कुनैपनी औषधि प्रयोग गरेका थिएनन ।
विष्ट परिवारका माहिला छोरा हुन । विष्टका परिवारमा श्रीमती र पन्ध्र र छ वर्षका दुई छोरा छन ।


Last Updated on: September 2nd, 2021 at 11:28 am
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया