
श्रीमान नेपाली सेनामा जागरे थिए । जागिरकै क्रममा नेपाली सेनाबाट उनि फुटबल पनि खेल्थे । त्यति मात्रै होइन नेपाली सेना भन्दा बाहिर पनि बिभिन्न क्लबमा उनि फुटबल खेलेर परिचित थिए सुरेन्द्र ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
नेपाली चेली, ‘अमेरिकन आर्मी’, रजनी योन्जनका रमाइला टिकटक भिडियो; जुन निकै …
पछि संकटकालको बेला घरको एउटा मात्रै छोरो ज्यानै जान सक्ला भनेर परिवारको सल्लाहमा उनलाई जागिर छोड्न लगाइयो र उनि जागिर छोडेर घरमा बस्न थाले ।
बुवाको पनि पहिल्यै निधन भैसकेको कारण घरमा आमा एक्लै त्यो माथि नेपाली सेनामा जागिर खाएको छोराको पनि भरोसा नहुँदा उनले जागिर छोडेर घरमै बस्न थालेका थिए । घरमा बसेपछि उनले एउटा बैंकको साखमा गार्डको रुपमा काम गर्न थाले । डिउटी आउने जाने क्रममा उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो ।
केहि बर्ष अघि माया खत्री संग बिवाह गरेका उनको एउटा छोरा थियो ।आमा, श्रीमती र छोराको सहारा बनेका उनि आफैले ज्यान गुमाए । घरमा भएको एक्लो छोराको ज्यान गयो परिवार निकै बिक्षिप्त नै थियो तर छोराको नासोको रुपमा भएको एउटा छोरोको मुख हेरेर आमा र श्रीमती मायाको मन खुसि हुने प्रयास गर्दै थियो ।
छोरा हुर्किदै थिए एकदिन खेल्ने क्रममा घरको छत्बाट खसेर घाइते भए तर धन्न उनलाई कुनै ठुलो चोटपटक लागेन सामान्य घाउ चोट भन्दा ।
उनि ठुलो दुघटनाबाट जोगिए । सुरेन्द्रले बनाएको एउटा घर थियो जुन घर उनको मृत्यु पछि अध्यारो थियो त्यो घरमा गाउँका देख्ने मान्छेले सुरेन्द्रकै छायाँ देख्थे । मृत्यु भएको धेरै बर्ष हुँदा पनि गाउँलेको मुखमा सुरेन्द्रकै घर भनेर देखाउने र चिनाउने गर्थे
उक्त घर सुरेन्द्रको मृत्यु पछि केहि बर्ष खालि नै रहयो । पछि श्रीमती मायाले उक्त घरलाइ रङरोगन गरि सिंगारपटार गरिन र भाडामा बस्नेलाई दिन थालिन । बिस्तारै आफु पनि सोहि घरमा आएर बस्न थालिन । छोराको भबिस्यको लागि पनि उनले स्कुल नजिकै भएको कारण त्यहि बसेर पढाउँन थालिन ।
गाउँ समाजमा उनलाई माया गर्ने धेरै थिए । श्रीमानको मृत्यु पछि पनि उनले बिवाह गरिनन्, बरु एक्लै जीवन जिउने निर्णय गरेर छोरालाइ हुर्काउँदै थिइन् ।
सबै राम्रो चल्दै थियो परिवारमा बिस्तारै खुसि फर्किदै थियो तर अचानक अहिले विश्वमा कोभिड-१९ को घातक दोस्रो लहरले उनै मायालाई पनि खोसेर लगिदियो आशंका छ ।
दाइ मोहनका अनुसार रुघाखोकी र जोरो आएको रहेछ उनले रोग लुकाएर बासिन, हिजो दिउसो फोन गर्दा हल्का साफ फेर्न गार्हो भएको छ भन्ने खबर गरेकी रहेछिन । हामीले फोन गरेर छिटो पिसिआर टेस्ट गर्ने भनेपछि उनले टेस्टको लागि स्वब दिएकी छन् तर अहिले सम्म रिपोर्ट आएको छैन ।
उनलाई गार्हो भयो भनेपछि हिजो नै अस्पतालमा अक्सिजन सहित भर्ना गरिएको थियो तर उनले राति ३ बजे पछि सधैका लागि यो संसार छोडेको खबर उकै दाजी खत्रीले बताएका छन् ।
छोराको मृत्यु पछि आमा (सासु) र छोराको साहारा बनेकी मायाले पनि यो संसारबाट बिदा लिएको खबर संगै अहिले सिंगो गाउँ सोक्मग्न छ ।
उनकै दाजु मोहन खत्रीले पनि सामाजिक संजाल मार्फत भावुक हुँदै लेखेका छन्, ‘ए निस्टुरी दैब त कति कठाेर ,जुवाई लाई अल्पअायु मै चुडेर लगिस बहिनी ले त जसाेतसाे गरेकै थिई तलाई याे पनि सहन भएन अाज बैनि लाई पनि चुडेर लगिस ,बैनि त जहाँ भएपनि तेराे आत्मा ले शान्ति पयोस।’
उनले दोश्रो स्टाटसमा लेखेका छन्, तईले लगाईदियकाे याे माला अझै ओइलाको छैन ,बैनि तैले छाडेर गईस तेराे आत्मा लाई शान्ति मिलाेस।
केहि बर्ष अघि श्रीमानको मृत्यु अहिले श्रीमतीको मृत्युको खबरले परिवारमा मात्रै होइन सिंगो गाउँमा पनि अहले यो घटनाले पिडा दिएको छ ।