मंगलबार १२ आश्विन २०७८

नेपाली चलचित्र क्षेत्र यतिबेला विवाद र आलोचनाले अलि बढी चलायमन छ । हुन त चलचित्रमा अभिनेता अभिनेत्रीको अनुबन्ध, चलचित्र घोषणा, छायांकन सुरु र सम्पन्नका कार्य पनि भैरहेका छन् ।

तर, हलमा माकुराले राज्य गरिरहेको बेला चलचित्र उधोगको भविष्य कता भन्ने प्रश्न खडा भैरहेको छ । यहाँ कुरा कलाकारकै धेरै छ । प्रेम चर्चा, घुम्न गए, सहयोग गरे, गर्भवती भए, फिल्ममा साईन गरे लगायतका अनेक कुराहरु भैरहेको अवस्थामा हामी पुजा शर्माको कुरा गर्दैछौ ।

नेपाली चलचित्र उधोगमा एक सफल नायिकाको नाम लिदा अभिनेत्री पुजा शर्माको नाम पनि आउँछ । पछिल्ला दिनमा उनको चर्चा फिल्म भन्दा बाहिर छ । हुन त फिल्ममा चर्चा होस पनि कसरी, काम ठप्प छ ।

त्यसैले पनि होला उनको बढी चर्चा प्रेम प्रसङ्ग, घुमघाम लगायतमा बढी छ । केही समयअघि देखि युद्ध बानियाँसंग नाम जोडिएपछी उनको प्रेमचर्चाले स्वरुप बदल्यो । अभिनेता आकाश श्रेष्ठलाई भिनाजु भनिरहेका फ्यानहरु जिल्ल परे ।

पुजा अहिले बानियाँसंग घुमघाममा ब्यस्त छिन् । शुक्रबार टिकटकमा पुजाले एक भिडियो सार्बजनिक गरिन् । जस्मा उनले बन्जिजन्प गर्दैछिन् । यता युद्धले पनि आफ्नो टिकटक तथा इन्स्टा स्टोरिमा बन्जीजम्पको भिडियो सार्बजनिक गरे ।


Last Updated on: September 2nd, 2021 at 8:15 pm
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया