शनिबार १८ मंसिर २०७८

साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला
समाचार
September 2, 2021SanamLeave A CommentOn साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला
१७ भदौ, काठमाडौं । सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई गोली हानेको खुलेको थियो ।उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।सैनिक स्रोतले भन्यो, ‘सम्भवतः भोलि उहाँहरुको पक्षमा फैसला हुनेछ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौंमा शुक्रवार विदा
September 2, 2021 admin ebihaniसमाचार / समाजNo Commenton काठमाडौंमा भोली शुक्रवार विदा

१६ भदौ, काठमाडौँ । शुक्रबार (भोलि) काठमाडौंमा शोक विदा दिइएको छ । काठमाडौं महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि विदा दिइएको हो । क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो । उहाँले लामो समयदेखि क्यान्सरको उपचार गराउँदै आउनु भएको थियो । वि.सं. २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक१ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

 

वडाध्यक्ष पञ्चायतकालमा समेत वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । वडाध्यक्ष श्रेष्ठ वडा नम्बर १९ का स्थानीयमाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । स्वर्गिय वडाध्यक्ष श्रेष्ठको श्रीमती सानुमाया, एक छोरा, तीन छोरी र दुई जना भाईहरु छन् । ताजाखबर बाट

तपाईको प्रतिक्रिया दिनुहोस


Last Updated on: September 3rd, 2021 at 12:55 am
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया