बिहिबार २३ मंसिर २०७८

ऋ’ण तिरेपछि धि’तोमा राखेको सुन माग्दा बैं’कले भन्यो, ‘न’क्कली रहेछ’, दिन मिल्दैन
September 3, 2021 29
महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋ’ण लिएकी थिइन् । २०७२ मा ऋ’ण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋ’ण चुक्ता गरेर सुन फि’र्ता माग्दा बैंकको जवाफले उनी छाँ’गाबाट खसे’जस्तै भइन् ।

‘कुमारीपाटी शाखाका प्र’बन्धकले सुन न’क्कली रहेछ फिर्ता दिन मिल्दैन भने कुरा गर्दै विष्णु म’हर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर,अहिले ऋ’ण तिरेपछि कसरी न’क्कली भयो ?’

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘न’क्कली’ भनेर फिर्ता दिन अस्वी’कार गरेपछि मह’र्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।

२०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको म’हर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फि’र्ता माग्न गएकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अ’धिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् । ‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्ज’नले बताएकी छिन् ।

‘जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो र ?’ भन्ने प्रश्नमा बैंकका प्रमुख कार्यकारी अधि’कृत बोधराज देवकोटाले भने, ‘यो बैंक र ऋणीको आन्तरिक कुरा हो,त्यस्तो केही छैन उहाँ (विष्णु महर्जन)ले यसबारे जान्नुभएको छ ।’

सीईओ देवकोटाले २०७२ मा धितो स्वी’कार गर्दा सुन जाँचेर लिएको स्वी’कार गरेका छन् । सुन फिर्ता नगरेकोबारे देवकोटा भन्छन्, ‘त्यहाँ धेरै कुराहरु छन् ।’
-रातोपाटी बाट


Last Updated on: September 3rd, 2021 at 10:37 am
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया