बुधबार २२ मंसिर २०७८

आफ्नै बिस्तारामा श्रीमतीले परपुरुष संग नाजायज सम्बन्ध राखेको दृष्टिविहीन श्रीमानले देखेपछी …..
September 3, 2021 adminसमाचारNo Commenton आफ्नै बिस्तारामा श्रीमतीले परपुरुष संग नाजायज सम्बन्ध राखेको दृष्टिविहीन श्रीमानले देखेपछी …..

दुई वर्ष अघि नवराज वस्नेत र मञ्जु कटुवालको विवाह भएको थियो । अहिले मञ्जु सम्पर्क विहिन छन् । २८ वर्षका नवराजले राम्रोसंग आँखा देख्न नसक्नुको कारण बताउँदै भने पहिला त राम्रै देख्थे तर शल्यकृया गरेपछि नदेख्ने भए ।

उनीहरु केही समय देखि काठमाडौमा बस्दै आएका थिए । काठमाडौमा बस्दा उनीहरुको आर्थिक अवस्था नराम्रो हुँदै गयो । उनले श्रीमतीलाई आफ्नो गाउँको घरमा पठाउने योजनामा थिए । त्यही बेला एक जना होटल संचालकले म बहिनीलाई काम दिन्छु भनेर काममा लगाइदिएका थिए । विवाह भएको डेढ वर्ष पछि यस्तो घटना भएको हो ।

उनी काममा लागेकी थिइन् । तर पछि उनले श्रीमती मञ्जु र ति होटलका साहुलाई एउटै विस्तरामा देखे । त्यो कुरा प्रहरी कार्यालय सम्म पुगे । होटल संचालकका दाई पनि प्रहरी कार्यालयमा आएका थिए । पारिवारिक समस्या हो एक पटकका लागि श्रीमतीलाई माफी दिनु भनेर सबैले सम्झाएपछि उनले फर्काएर ल्याए ।

अनि उनले श्रीमतीलाई घर पठाए । तर अहिले उनी घरवाटै सम्पर्क विहिन भएकी छन् । दोस्रो पटक पनि श्रीमतीले यसरी छोडेर गएपछि चिन्तित भएका छन् । होटल मालिकसंगै भेटेको कुरा सम्झदै उनले भने, मलाई मोवाइल किन्दे भनेर भनिरहेकी थिइन् । त्यो कुरामा विवाद भएको थियो । म बाहिरै बसेको बेलामा श्रीमती नबोली भित्र पसिन् तर पछि आफु भित्र जाँदा साहु उत्तमसंग त्यस्तो अवस्थामा फेला पारेको उनको भनाई छ


Last Updated on: September 3rd, 2021 at 10:39 am
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया