बिहिबार २३ मंसिर २०७८

आमेरिकाको आँधीमा परेर १९ महिने बालकसहित एकै परीवारका ३ नेपालीको मृत्यु
September 3, 2021 14
काठमाडौं । अमेरिकाको उत्तरपूर्वी तटमा भारी वर्षा, आँधीबेरीपछि अचानक आएको बाढीले ९ जनाको ज्यान लिएको छ। त्यहि आँधीबेरीमा परि एकै परीवारका ३ जना नेपालीको मृत्यु भएको जनाईएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो । न्युयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र ३ इन्च अर्थात् ८ सेन्टिमिटर वर्षा रेकर्ड भएको थियो ।

सहरको भूमिगत रेल सेवा बन्द गरिएको छ भने सामान्य सवारीसाधन सञ्चलान पनि रोकिएको थियो । न्युयोर्क र न्युजर्सीबाट सञ्चालन हुने धेरै विमान र रेल पनि रोकिएका थिए ।

पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छ।काठमाडौं । अमेरिकाको उत्तरपूर्वी तटमा भारी वर्षा, आँधीबेरीपछि अचानक आएको बाढीले ९ जनाको ज्यान लिएको छ। त्यहि आँधीबेरीमा परि एकै परीवारका ३ जना नेपालीको मृत्यु भएको जनाईएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो । न्युयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र ३ इन्च अर्थात् ८ सेन्टिमिटर वर्षा रेकर्ड भएको थियो ।

सहरको भूमिगत रेल सेवा बन्द गरिएको छ भने सामान्य सवारीसाधन सञ्चलान पनि रोकिएको थियो । न्युयोर्क र न्युजर्सीबाट सञ्चालन हुने धेरै विमान र रेल पनि रोकिएका थिए ।

पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छ।


Last Updated on: September 3rd, 2021 at 10:56 am
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया