बिहिबार २३ मंसिर २०७८

डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा निगमका पूर्वचालक पक्राउ
समाचार
September 3, 2021SanamLeave A CommentOn डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा निगमका पूर्वचालक पक्राउ
विराटनगर / डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा नेपाल आयल निगम विराटनगरका पूर्वचालक पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार डिजेल लोड भएको ट्यांकर चोरीमा संलग्न विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरिएको हो ।विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेर लग्दै गर्दा यादवलाई सोमबार बिहानका राति १:४० बजेतिर पक्राउ गरिएको श्रेष्ठले बताए । प्रहरीका अनुसार विगतमा निगमकै ट्यांकर चालक रहेका उनले तीन/चार महिनाअघि मात्रै काम छाडेको पाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

डिजेल लोड रहेकै अवस्थामा पार्किङ स्थलमा छाडेपछि चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौका छोप्दै यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ । नेपाल आयल निगम विराटनगरका प्रवक्ता दिवश विष्टका अनुसार चोरी गरेर लगभग ४ किलोमिटर उत्तर मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीमा पुर्‍याएपछि ट्यांकरसहित यादव पक्राउ परेका हुन् ।तत्काल पक्राउ गर्न सकिएकाले ट्यांकर भगाएर अन्त पुर्‍याउने योजना भने असफल भएको विष्टको भनाइ छ । उनका अनुसार अमलेखगन्ज डिपोमा डिजेल लोड गरिएको ट्यांकर राति १२:३० बजेतिर विराटनगर आइपुगेको थियो । ट्यांकरमा २० लाख मूल्यभन्दा बढीको २० हजार लिटर डिजेल रहेको उनले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यादवसहित चोरीमा चार/पाँच जनाको संलग्नता देखिएको छ । तर यादवले विराटनगरको ढाटसम्म ल्याएर अरुले नै ट्यांकर जिम्मा लगाइएको र त्यहाँबाट आफूले लिएर गएको बताएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न अरुको नाम खुलाएको छैन ।उनीहरुलाई पक्राउको तयारी भइरहेको डीएसपी श्रेष्ठले बताए । घटनाको अनुसन्धान थालिएको बताउँदै उनले चोरीमा संलग्न सबै जनालाई पक्राउ गरेर कानुनको दायरामा ल्याइने जानकारी दिए । विस्तृत अनुसन्धान सकिएपछि डिजेलसहितको ट्यांकर कहाँ पुर्‍याउने योजना थियोभन्ने बारेमा खुल्ने श्रेष्ठको भनाइ छ । निगमका अनुसार श्यामकृष्ण ढुवानी सेवाले सञ्चालन गर्दै आएको ट्यांकर इन्धन ढुवानी व्यवसायी सञ्जय गुप्ताको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: September 3rd, 2021 at 10:58 am
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया