बुधबार २२ मंसिर २०७८

नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचना)
समाचार
September 3, 2021SanamLeave A CommentOn नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचना)
नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एमसीसीका उपाध्यक्षको भ्रमण बहिस्कार गरौंः ज्ञानेन्द्र शाही
Enews Nepali
@Enewsnepali

एमसीसीका उपाध्यक्षको भ्रमण बहिस्कार गरौंः ज्ञानेन्द्र शाही
FacebookTwitterPrintEmailMore
काठमाडौं ।

अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहिस्कार गर्न आग्रह गरेका छन् । भदौ २९ गते भित्र संकल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयनमा लगे शेउवाको घर घर्ने बताएका छन् । एमसीसीका पक्षधरहरुलाई कुनै पनि हालतमा नेपाल बस्न नदिने दावी गर्दै सडकमा उत्रिन राजधानीका नेवार समुदायलाई आग्रह गरे ।

क्यापिटल टि भीसंगको कुराकानीमा शाहीले गद्धारहरुलाई ठिक पार्ने बेला आएको बताएका छन् । अमेरिकाले अफ्गानिस्तानमा गरे जस्तै आक्रमण गरेर नेपाल ध्वस्त पार्ने बताएका छन् ।

नेताका छोरा छोरीहरु सबै अमेरीकामा सेटल भएको दावी गर्दै उनिहरुबाट देशको भाग्य र भविष्य सुरक्षित नहुने उनको तर्क थियो । ७० बर्ष नाघेका नेताहरुले युवाहरुको नेतृत्व गर्न नसक्ने तर्क गर्दै शाहीले गगन र विश्व प्रकाशहरुले काँग्रेस भित्रै बिद्रोह गर्नु पर्ने बताए । ५९ अर्ब मा मुलुक कायापलट हुन्छ भन्दै संसदबाट पारित गरेरु देशलाई बन्धक बनाउन खोज्ने भन्दै कुनै पनि हालतमा एमसीसी लागु हुन नदिने बताए ।

नेताहरु अलिकती समस्या पर्यो भने बिदेश भाग्न तयार छन् भन्दै यि नेताहरु अफ्गानिस्तानका नेताहरु जस्तै भएको आरोप लगाए । देश आयातमा निर्भर भएको भन्दै कहिले सम्म देशलाई परनिर्भर बनाउने भन्दै जंगिए ।

शेर बहादुर देउवा र ज्ञानेन्द्र बहादुर कार्कीलाई एमसीसीको सन्दर्भमा कहाँ बहस गर्ने आफुहरु तयार रहेको बताएका छन् । राजनितीक दलका दोस्रो तहका नेताहरुले सडक देखि संसद सम्म आवाज नउठाउने हो भने जनताले धिक्कार्ने बताए । बिगतमा संसद र सडकमा आवाज उठाउने गगन थापा अहिले कहाँ छन् भन्दै दुलोमा नलुक्न सुझाव दिए ।

 


Last Updated on: September 3rd, 2021 at 11:00 am
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया