आइतबार १९ मंसिर २०७८

८ वर्ष साउदी जे’ल बसेर फर्किँदा एअरपोर्टमै भयो रु’वाबासी,रित्तो हात,जे’लकै सेता क’पडा(भिडियो सहित हे’र्नुहोला)
September 3, 2021 66
22
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बुबा,आमा,श्रीमती र छोराछोरीलाई धन कमाएर सुखले पाल्छु भनेर साउदी अरब पुगेका नेपाली दाजुभाइहरू गक्ती नै नगरी साउदी अरब पुगेर फर्किँदाको यो दृ’श्यले सबैलाई भावुक एवम् आ’क्रोशित समेत बनायो। उनीहरू जेलमा बस्दै लगाइने सेतो कपडामा खाली हात नेपाल आएका छन्।अब त जेलमै सडेर म’रिन्छ होला भनेर सो’च्दासोच्दै आमा र दाजु पनि बित्नुभयो भन्दै बिलौना गर्दछन् त्यीनै मध्येका एकजना युवा रमेश कुमार गुरुङ।आठ बर्षसम्म जन्म दिने बुबा पनि बितिसक्नुभएछ,काखको छोरा पनि अहिले त ठूलो भैसक्यो होला भनेको सुन्दा जो’कोहिको पनि मन भक्कानिने गर्दछ।

झण्डै नेपाली रुपैयाँ दुई करोड तिरेर मात्रै नेपाल फर्किन पाइन्छ भन्दा पनि आफूहरूलाई अब त नेपाल फर्किन पाइन्छ जस्तो नि लागेको थिएन।घरमा फोन गर्दा सुरुवाती दिनमा भोलि पर्सि आउने भनेर आमा बुबालाई सम्झाउँदा सम्झाउँदै पनि यत्रो दिन सम्म ढाँट्न सकिएन।उनीहरू नि’र्दोष छु भन्दाभन्दै पनि जेल जीवन बिताएर सिर्फ हातमा पास’पोर्ट र सेता लुगा लगाएर नेपाल फर्किएका यी नेपाली दाजुभाइहरूको बारेमा भिडियो रिपोर्टिङ तयार पारिएको छ।धन सम्पत्ती कमाउन भनेर विदेशिएका नेपाली दाजुभाइ बिनाकारण यत्रो वर्ष जेलमा बिताउनुको पी’डा कति हुन्छ भनेर यही तल भिडियो रि’पोर्टिङ मार्फत प्रश्तुत गरिएको छ।

त्यी नै मध्येका रोल्पाका रमेश कुमार गुरुङ र गणेश ओली २०११ सालमा रोजगारीका सिलसिलामा साउदी पुगेका थिए।साउदी पुगेको दुई वर्षसम्म त उनीहरू काम गरिरहेकै थिए।उनीहरूको काम सामान्य म’जदुरी लेबरको काम थियो।गाडीमा सामान लोड,अन लोड गर्ने काम हुन्थ्यो।एक दिन सामान लोड गर्ने क्रममा ड्रा’इभर र गाडीमा काम गर्ने मान्छे मिलेर लोड गरेको औषधि जन्य सामान कतै लगेर बिक्री गरेको थाहा पाइसकेपछी कम्पनीले त्यी नै लेबरहरू लाई आ’रोप लगाएर सामान चोरी गरेर बेचेको आ’रोपमा जेल लगेर थुन्यो।

गणेश ओली १९ वर्षको कलिलो उमेरमा विदेशिएका अहिले उनी २८ वर्षको उमेरमा जेल’मुक्त भएर छुटेर नेपाल आउने सौ’भाग्य पाएका छन्।साउदीको जे’लमा दस वर्षसम्म बिताउनु पर्दा न त कुनै नेपाली देख्न पाइन्थ्यो न त कुनै नेपाली भाषा नै सुन्न पाइन्थ्यो। नेपालीलाई भेट्नु भनेको त एउटा ठूलो स’पना जस्तै थियो उनीहरूका लागि।जति पनि बो’लिन्थ्यो र सुनिन्थ्यो त्यो सबै हिन्दी र अरबीमात्रै बोल्न मिल्थ्यो।अहिले त आफ्नो भाषा समेत राम्रोसँग बोल्न नआउने भएको उनीहरूले बताउँछन्।

रमेशको त आफू जेलमै हुँदा आमा पनि बित्नु भयो,कस्तो भयो होला उहाँको मन ? आफ्नो जन्मदिने आमालाई समेत अन्ति’मपटक भेट्न पाएनन् उनले। जे’लमै शो’क मनाउँदै बस्नुपर्‍यो।यता गणेश ओली भन्छन्,मलाई त अहिले पनि नेपालमा आएको वि’श्वास नै लागिरहेको छैन।मेरा आमाबुबा त झन् गाउँमा बस्नुहुन्छ,कसैले छोरालाई जे’लमै मा’र्‍यो रे अब फर्केर आउँदैन भनेर भनिदिँदा कस्तो भयो होला उहाँ हरूको मन ? विस्तृत जानकारीका लागि तल एको भिडियो हेर्नुहोला।
-4K NEWS NEPAL बाट


Last Updated on: September 3rd, 2021 at 11:02 am
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया