बुधबार १० आश्विन २०८०

काठमाडाैं। ‘नेपाली तितेपाती रूपैयाँमा होइन डलरमा बिक्छ’ यामशो प्रा.लि.का निर्देशक ईश्वरराज बलामीको यो भनाइ सुन्दा जो सुकैलाई पत्याउन मुस्किल पर्छ। नहोस् पनि किन, हाम्रा पाखा पखेरा, गल्ली, बाटोघाटो वरपर पाती त्यसै मौलाएको हुन्छ। त्यसै सुकेर जान्छ। अझ भनौँ बाटो छेकियो भनेर काटेर फाल्नुपर्छ। त्यसै काटेर फाल्नुपर्ने वस्तु डलरमा बिक्छभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ नै।

तर ईश्वर बलामी यस्ता व्यक्ति हुन् जसले वर्षमा तितेपाती बेचेर ३० लाख रूपैयाँभन्दा बढी आर्जन गरिराखेका छन्। कसरी त ?“मोग्जुभेसन थेरापीमा तितेपातीको मोग्जा प्रयोग हुन्छ। यही मोग्जा हामीले तितेपातीबाट निकाल्छौं र जापानमा बेच्छौं,” बलामीले देखापढीसँग भने। मोग्जुभेसन थेरापी भनेको तितेपातीको भुवाद्वारा गरिने उपचार हो।

विशेषगरी जापानमा हाड र नसासम्बन्धी रोगका बिरामीलाई यो थेरापी गराइन्छ। मोग्जा भनेको तितेपातीको पातको पछाडि हुने भुवा हो। “जापानको यामशो कम्पनीले हामीसँग वर्षको ६० टन मोग्जा माग गर्दै आएको छ। तर हामीले प्रयाप्त मात्रामा तितेपाती पाउन सकेको छैनौं। अहिले हामीले मुस्किलले २० टन तितेपातीको मोग्जा मात्र पठाउन सकेका छौं। यो रूपैयाँमा भन्दा ३० लाखको हो,” बलामीले भने। हेर्नुहोस भिडियो :


Last Updated on: May 10th, 2021 at 7:36 pm
१२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया