शनिबार १८ मंसिर २०७८

चरी जेलैमा हिट भएपछि विष्णुमाझी र सुन्दरमणीले किने काठमाडौँमा यस्तो भब्य बंगला
प्रकाशित मिति: बिहिबार, भाद्र १७, २०७८ समय: २२:१९:५९
36
Shares
facebook sharing button 36messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

चरी जेलैमा हिट भएपछि विष्णुमाझी र सुन्दरमणीले किन काठमाडौँमा यस्तो भब्य बंगला, अर्को नयाँ गीत यही घरमा सुटिगं गर्ने तयारी, नयाँ गीतमा सुन्दरमणी, विष्णु र जुम्ल्याहा दुई छोरा पनि देखिने, पहिलो पटक सुन्दरमणीले खोले अहिलेसम्मबाहिर नआएको रहस्य

चर्चित मोडल तथा नायिका अञ्जली अधिकारीको यस्तो लोभलाग्दो कमाई, महिनामा नै करिब १० लाख कमाउने अञ्जलीले काठमाडौँमा नै किनिन् तयार भएको यस्तो आर्कषक भव्य बंगला, गाउँमा रहेका बाबु आमलाई पनि यही घरमा राख्नका लागि ल्याउने भइन् काठमाडौँमा भन्छिन्, बुबा आमाले मान्नुभयो भने पनि ज्वाईलाई पनि यही घरमा नै राख्ने हो, हेर्नुहोस् भिडियो

प्रियंका कार्कीले अस्पताल जानका लागि झोका समेत ठिक्क पारेपछि के भयो फेरी ? बच्चा जन्माउने समय नजिकिएका बेला रुँदै आयुष्मानको यस्तो पोल खोलीन्, युट्युबमा तमासा मच्चाएका यि जोडीलाई देखेर दिक्क परे दर्शकबहुचर्चित माथिल्लो तामाकोशी आयोजनाले वार्षिक ९ अर्ब भन्दा बढीको बिजुली बिक्री गरेर आम्दानी गर्ने भएको छ । तर, चालु आर्थिक वर्षमा भने आयोजनाका ६ वटै युनिटबाट बिजुली उत्पादन हुन ढिलाइ भएका कारण उक्त वार्षिक आम्दानीमा केही कमी आउने भएको हो ।

वार्षिक ९ अर्ब भन्दा बढी बिजुली बिक्री गरेर आम्दानी गर्ने आयोजनाका प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले बताए । ‘तर, चालु आर्थिक वर्षमा सबै युनिटबाट बिजुली उत्पादन गर्न समय लागेकाले ९ अर्ब आम्दानी हुन सक्ने सम्भावना देखिएको छैन्,’ उनले भने, ‘चालु आर्थिक वर्षकाे करिव २ महिना आयोजनाका ६ वटै युनिटबाट बिजुली उत्पादन गर्न नसकिएकाले आम्दानीमा कमी आउने देखिएको छ ।’

आयोजनाका ६ वटै युनिटबाट यही भदौ १५ गतेदेखि व्यपारिक रुपमा बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर, कोरोनाका कारण भदौं २३ गतेबाट मात्र बिजुली उत्पादन हुने सम्भावना देखिएको जानकारी पनि आयोजनाका प्रमुख श्रेष्ठले दिए । ‘भदौं २३ देखि भने ६ वटै युनिटबाट व्यपारिक रुपमा बिजुली उत्पादन हुने छ,’ उनले भने, ‘त्यसपछि भने आयोजना पूर्ण क्षमता सञ्चालित भई बिजुली बिक्री गरेर आम्दानी गर्न थाल्ने छ ।’

प्राधिकरणसँग भएको विद्युत खरीद-बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यापारिक उत्पादन सुरु भएको वर्ष प्राधिकरणले खरीद गर्ने विद्युतको दर औसतमा रु.४.०६ (हिउँद यामको चार महीना प्रति युनिट रु.६.९६ र अन्य ८ महीनाको लागि प्रति युनिट रु.३.६३) कायम गरेको छ ।प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि (चक्रवृद्धि) भई नवौं वर्षमा प्रति युनिट खरीददर औसतमा रु.५.३० (हिउँद यामको चार महीना प्रति युनिट रु.९.०८ र अन्य ८ महीनाको लागि प्रति युनिट रु.४.७३) कायम हुनेछ । यसले पनि आयोजनाको आम्दानी क्रमशः बढ्दै जानेछ ।

४५६ मेगावाट क्षमताको उक्त आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि मुलुकको जिडीपीमा पनि योगदान पुग्ने नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले बताए । ‘आयोजनाको लागत बढेपनि लगानीकर्तालाई भने घाटा हुने छैन्,’ उनले भने ।तामाकोशीबाट ४५६ मेगावाट उत्पादन हुने बिजुलीमा थप २० मेगावाट बिजुली रोल्वालिङ खोलाबाट थपिने छ । रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको ड्याममा झारेर करीब २०.६६ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी विस्तृत अध्ययनको कामहरु भइरहेको छ । यो आयोजनाको लाइसेन्स पनि अपर तामाकोशी कम्पनीले लिएको छ ।

उक्त आयोजना सम्पन्न भएपछि रोल्वालिङको पानी समेत थप हुने हुँदा माथिल्लो तामाकोशीको ८ महिनाको विद्युत उत्पादन समेत बढ्नेछ । विना लगानी माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको आम्दानी बढ्नेछ । त्यसको लाभ पनि माथिल्लो तामाकोशीमा लगानी गर्नेले पाउने छन् ।यति हुँदा हुँदै पनि निर्धारित समयमा आयोजना निर्माण नभएपछि आयोजनाको लागत बढेको छ । सुरुमा ३५ अर्ब लाग्ने अनुमान गरिएको उक्त आयोजनाको लागत बढेर ८० अर्ब नजिक पुगेको छ ।

सुरुमा तामाकोसी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो ।तर, अहिले आयोजनाको लागत ब्याज सहित आयोजनाको अनुमानित ८० रुपैयाँ पुगेको छ । त्यतिवेला एक अमेरिकी डलरको सटही दर ९७.६ रुपैयाँ थियो । अहिले अमेरिकी डलरको भाउ ११९ नजिक पुगेको छ । यसले पनि आयोजनाको लागत बढ्न पुगेको हो ।

निर्धारित समयमा र लागतमा आयोजना निर्माण भएको भए लगानीकर्ताले छिटो प्रतिफल पाउने थिए । तर, लागत बढेका कारण आयोजना लाभांश पाउन समय लाग्ने भएको छ ।आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/ २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid


Last Updated on: September 3rd, 2021 at 11:19 am
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया