बुधबार २२ मंसिर २०७८

चर्चित कलाकार सिद्धार्थको मृत्युको कारण पत्ता लागे मारिएको खुलासा, उनको घरमा पुग्यो प्रहरी टोली
September 3, 2021 adminसमाचारNo Commenton चर्चित कलाकार सिद्धार्थको मृत्युको कारण पत्ता लागे मारिएको खुलासा, उनको घरमा पुग्यो प्रहरी टोली

भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको निधनको कारण पत्ता नलागेपछि अहिले प्रहरीको एक टोली उनको घरमा पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघातका कारण आज उनको निधन भएको भनिए पनि स्पष्ट नभएका कारण प्रहरीले अनुसन्धान थालेको हो। उनको शरीरमा कुनै चो’ट’प’टक छैन।

तर कलाकार सिद्धार्थकाे परिवारले भने उनको मृत्युमा कुनै ष’ड्य’न्त्र नभएकाे दाबी प्रहरीसँग गरेकाे छ। परिवारजन कुपर अस्पतालमा पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छन्। बिहीबार बिहान साढे १० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

४० वर्षका शुक्ला बिग बोस सिजन १३ को विजेता थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई ‘म्यासिभ हार्ट अट्याक’ पछि अस्पताल ल्याइए पनि चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको निधन भइसकेको जानकारी दिएका थिए । उनी चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ का कलाकार हुन् । बलिउडका विभिन्न चलचित्रमा उनले अभिनय गरेका थिए ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।


Last Updated on: September 3rd, 2021 at 6:48 pm
८२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया