आइतबार १९ मंसिर २०७८

२८ यात्रु सवार बस दुर्घटनाग्रस्त, १५ जना घाइते, कसरी भयो दुर्घटना ?
Enews Nepali
@Enewsnepali

२८ यात्रु सवार बस दुर्घटनाग्रस्त, १५ जना घाइते, कसरी भयो दुर्घटना ?
FacebookTwitterPrintEmailMore
काठमाडौं

सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटनाग्रस्त भएको हो । गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाइएको छ । कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले यस्को पुष्टि गर्नुभयो । उहाँका अनुसार गाडीमा २८ यात्रु सवार रहेका थिए । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकको भित्तामा ठो’क्कि’एर ब’स दुर्घ’टना भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी टोली त्यहाँ पुगिसकेको उहाँको भनाई छ । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । फाईल तस्बिर

पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार ७५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या सात लाख ६७ हजार २७१ पुगेको छ।पछिल्लाे २४ घन्टामा थप २३ जनाले काेराेना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।यसै गरी आज थप २२७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: September 4th, 2021 at 2:34 am
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया