
थारुहट आन्दोलनका नेता तथा कैलाली टिकापुरबाट संघीय संसदमा निर्वाचित सांसद रेशम चौधरीले आफ्नो पुस्तक सार्बजनिक गरेका छन । जेल जीवन बिताई रहेका चौधरीबाट लिखित अङ्ग्रेजी भाषाको पुस्तक ‘Hidden Story From Prison’ प्रकाशित भएको छ ।
छोरा आभूषण चौधरी र पत्नी रन्जिता श्रेष्ठ चौधरीले उक्त पुस्तक सार्बजनिक गरेका हुन् । चौधरी यति बेला काठमाडौंको डिल्लिबजारस्थित जेलमा आजिवन काराबास बिताईरहेका छन । कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घ.टनामा दो.षी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
न्यायिक हिरासतमा हुँदै सांसद पदको शपथ खुवाइएका चौधरी अदालतको फैसलापछि स्वत: निलम्बनमा परेका छन्। थरुहट आ.न्दोलनको क्रममा कैलालीको टीकापुरमा नौ जनाको ह.x त्या भएको घ,टनामा सांसद रेशम चौधरीसहित ११ जनालाई ज,न्म कै, दको फैसला भएको थियो।