आइतबार १४ जेठ २०८०

चोर भन्ने बित्तिकै सुनचाँदी, पैसा वा महँगा–महँगा सामान चोर्ने भन्ने बुझिन्छ । तर, कसैले महिलाले लगाउने भित्री वस्त्र ब्रा र पेन्टी चोर्छ भन्दा तपाईंलाई हाँसो लाग्ला ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

डाक्टरको लापरबाहीले अभिनेता राहुल बोहराको गयो ज्यान, मृ त्यु अघि अक्सिजनको…
हो, नेपालकै झापा जिल्लामा केही समय अघि यस्तो एक घटनाको खुलासा भएको थियो जब महिलाको ब्रा र पेन्टी चोर्दै हिँडेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लाको भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी चोरी हुन तथा हराउन थालेपछि प्रहरीमा उजुरी परेको थियो ।

जसमा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय एक युवकलाई महिलाका थुप्रै ब्रा र पेन्टीसहित समातेपछि यस्तो रहस्य बाहिरिएको थियो । ती युवालाई ब्रा र पेन्टी चोरेर भाग्दाभाग्दै प्रहरीले समातेको थियो ।

यता, प्रहरीले भने चोरी गर्नेलाई रंगेहारत पक्राउ गरे पनि यस्तो केस पहिलोपटक प्रहरीमा आएको बताएको थियो । ‘कोही युवकले महिलाको भित्री कपडा चोर्छ भन्दा पत्याउनै मुस्किल भयो ।

तर, हामीले चोरेर भाग्दाभाग्दै समात्यौं पनि,’ तत्कालिन इन्पेक्टर प्रकाश जबेगुले पत्रकारलाई भनेका थिए, ‘अझै पनि हामीलाई यो केस अनौठो लागिरहेको छ ।’

ब्रा र पेन्टी चोर्दाचोर्दै भागेका व्यक्तिलाई प्रहरीले पक्रेर बयान लिँदा ती युवकको बयान सुनेर प्रहरी झन् छक्क पर्यो ।

यी युवकले प्रहरीसँग आफूले महिलाका ब्रा र पेन्टी चोरी गरी सुँघेर आनन्द लिने गरेको बताएका थिए । प्रहरीले अनुसन्धानबाट ती युवकलाई ब्रा र पेन्टी सुँघ्ने ल त लागेको पत्ता लगायो ।

ती युवकले लामो समयदेखि अविवाहित र विवाहित महिलाका ब्रा र पेन्टी सुँघेर आनन्द लिने गरेको बताएका थिए ।

अनौठो र सामान्य लाग्ने केसमा प्रहरीले पक्राउ गरेका युवकलाई फेरि यस्तो नगर्ने सर्तमा सम्झाएर छाडिदिएको थियो ।

त्यसपछि भद्रपुर एरियामा यस्ता घटना हुन छोडेको स्थानीयले बताएका छन् ।


Last Updated on: May 10th, 2021 at 7:51 pm
८१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया