आइतबार १९ मंसिर २०७८

यिनै हुन मलेसियामा ड्युटि सकेर रुम फर्किने क्रममा बसको सिटमै मृत भेटिएका पुर्णलाल
6 hours अघि 321 Less than a minute
मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो । मलेसियाको मेरुमा रहेको top globe कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको थियो । गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन । नजिकै भएको साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो। मोक्तान बिगत ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए। हार्दिक श्रद्धाञ्जली! दुखद खबरले स्तब्ध बनायाे!!यस दुखद घडी मा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छु🙏

सिद्धार्थलाई बिदाइ गर्न अस्वास्थ्य अवस्थामा पनि रुदै आइपुगिन् प्रेमिका शहनाज, उनको अवस्था देखेर धेरैको आँखा रसाए, हेर्नुहोस्
Enews Nepali
@Enewsnepali

सिद्धार्थलाई बिदाइ गर्न अस्वास्थ्य अवस्थामा पनि रुदै आइपुगिन् प्रेमिका शहनाज, उनको अवस्था देखेर धेरैको आँखा रसाए, हेर्नुहोस्
FacebookTwitterPrintEmailMore
बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो ।

उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि वि’ग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सि’डनाज’ उपनामले परिचित थियो ।‘बीग बोस १३’बाट उनीहरुको के’मेष्ट्री बलियो बनेको थियो ।

शहनाज गिलको स्थिति निकै खराब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।

उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन ।

शहनाज गिल र सिद्धार्थको भेट बिग बस १३ मा भएको थियो । दुबैको दोस्ती निकै गहिरो थियो । उनीहरु एकअर्कामाथि मरी मेट्थे । तर अब उनीहरुको जोडी टुटेको छ । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’अहिले उनी आफ्नो प्रेमीलाई अन्तिम बि’दाई गर्न आइपुगेकी छिन् उनको अवस्था देखेर धेरैको आँखा रसाएका छन् ।


Last Updated on: September 4th, 2021 at 11:54 pm
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया