मंगलबार १२ आश्विन २०७८

दुर्गन्धित फोहोरको डंगुरबाट भेटियो पैसाको बोरा l
———-
म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर शिवालय मन्दिरको बाहिर रहेको प्रतीक्षालयमा बस्ने एक बृद्धाको कोठमा रहेको दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको पैसाको बोरा फेला परेको छ। वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई मागेर खाद्यान्न, लत्ताकपडासहित अन्य दैनिक उपभोग्य वस्तु थुप्रो पारेर लगाएकी बृद्धा दिलमाया विक सुत्ने कोठा सरसफाई गर्दा ७८ हजार रुपैयाँ फेला परेको गलेश्वर आमा समूहकी अध्यक्ष गौमायाँ गर्बुजाले बताइन्।
चिसो बोरालाई आगोमा हाल्ने तयारी भइरहेको अवस्थामा एक सयको नोट देखिएपछि तत्कालै निकालिएको गर्बुजाले जानकारी दिइन्। एउटा बोराभरिको पैसा करिव एक घण्टालगाएर गन्दा ७८ हजार भएको गर्बुजाको भनाई छ। अधिकांश नोट भिजेको अवस्थामा फेला परेका थिए। बोरामा रहेका ५, १०, २०, ५० र १ सयका नोट रहेका थिए। दैनिक मन्दिर तथा आसपासका क्षेत्रमा माग्ने गरेकी विकको यस अगाडि समेत फोहोर पन्छाउँदा १२ हजार र ७ हजार रुपैयाँ भेटिएका थिए। ती भेटिएका पैसा वित्तीय संस्थामा जम्मा गरिने गरिएको छ।

May be an image of 5 people and people sitting

पोखरामा पहिरोले घर पुर्दा तीनको मृत्यु, ३ वर्षका बालक बेपत्ता

भाद्र १७, २०७८ बिहिबार 9
249
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ। यस्तै पहिरोमा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन्।

लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहेका छन्।

पहिरोमा परी उनीहरुका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिए।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिरोले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन्। अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ।


Last Updated on: September 5th, 2021 at 12:05 am
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया