शनिबार १८ मंसिर २०७८

भारतिय प्रधानमन्त्री मोदिको बिरुद्ध क्रियाकलाप गर्नेलाई जेल हाल्ने सरकारको तयारी !
प्रकाशित मिति: आइतबार, भाद्र २०, २०७८ समय: १४:४८:५१
2
Shares
facebook sharing button 2messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने खालका गतिविधि नगर्न जनतालाई चेतावनी दिएको छ ।

गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्ष्यित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने बताएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिवधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

विज्ञप्तिमा भारतीय प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन । यद्यपि, दुई दिनअघि काठमाडौंमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले मोदीको पुत्ला जलाएको सन्दर्भमा यो विज्ञप्ति जारी गरिएको बुझिएको छ ।

विज्ञप्तिमा मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएका र भविष्यमा पनि यही गरिने उल्ल्लेख छ ।

Tags :
नेपालभारत

प्रचण्ड-माधबले नमानेपछि एमसीसी पास गर्न ओलीसंग सहकार्य गर्ने तयारीमा देउवा !
Enews Nepali
@Enewsnepali

प्रचण्ड-माधबले नमानेपछि एमसीसी पास गर्न ओलीसंग सहकार्य गर्ने तयारीमा देउवा !
FacebookTwitterPrintEmailMore
काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन गराउने समान धारणामा छन् । झण्डै तीन वर्ष सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री केपी ओलीले संसदमा सम्झौता टेबल गर्ने प्रयास गरेका थिए ।

त्यो प्रयासमा दलभित्रकै नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल, भीम रावलहरू तगारोका रूपमा उभिए । अनि सभामुख कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटाले चासो दिएनन् । त्यतिबेलाको प्रतिपक्षी दल कांग्रेस एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा थियो र सभापति देउवाले पटक-पटक ओलीलाई आग्रह पनि गरेका थिए । कांग्रेस नेताहरूले संसदमै बोलेका थिए ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री छन् र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । कार्की तिनै मन्त्री हुन् जसले अर्थमन्त्री हुँदा अमेरिका पुगेर एमसीसीमा सम्झौता गरेका थिए । अहिले देउवामाथि एमसीसी अनुमोदन गर्नुपर्ने दबाब छ । त्यसका लागि एमालेको साथ चाहिने स्थिति छ । एमालेको साथ पाएको अवस्थामा गठबन्धनका दलहरूले बाध्य भएर समर्थन गर्ने बुझाइमा देउवा देखिन्छन् ।

यद्यपि सत्ता गठबन्धनका सहभागी माओवादी र एकीकृत समाजवादी संशोधनविना संसदबाट अनुमोदन नहुने बताइरहेका छन् । नयाँ पार्टी दर्ता भएको भोलिपल्ट १० भदौमा माधव नेपालले संशोधनबिना एमसीसी पास नहुने मत राखेका थिए । प्रचण्डले त सुरुदेखि नै त्यही कुरा दोहोर्‍याइरहेका छन् ।

यहीबीचमा कानुनमन्त्री कार्कीलाई देउवाले एमाले अध्यक्ष केपी ओलीलाई भेट गर्न पठाएका छन् । सम्बन्ध सुधारका लागि यो प्रयास भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ । सुरुमा नेम्वाङलाई भेटेर मन्त्री कार्की एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

खासमा पछिल्ला दिनमा प्रधानमन्त्री देउवा र ओलीबीच सम्बन्ध चिसिएको छ । खासगरी, दोस्रो पटक संसद विघटनको प्रकरणपछि उनीहरूबीच सम्बन्ध चिसिएको हो । अझ परमादेशमार्फत देउवा प्रधानमन्त्री भएपछि ओली देउवाको चर्को आलोचक छन् । एमाले विभाजनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश खुकुलो पारेर ल्याएपछि थप सम्बन्ध चिसिएको छ ।

ओलीको चाहना माधव नेपाल एमाले नहून भन्ने त थियो तर वैधानिक पार्टी बन्न पनि नसकोस् भन्ने चाहना राखिरहेका थिए । त्यही बेला देउवाले २० प्रतिशतमै दल विभाजन गर्न सकिने अध्यादेश २ भदौमा ल्याइदिएपछि देउवा(ओलीबीच बोलचाल नै बन्द थियो ।

ओलीले पटक(पटक सरकार र संसदप्रति लक्षित गरेर चर्को आलोचनामात्र गरेका थिएनन्, संसद चलाएर देखाउन धम्की पनि दिएका थिए । संसद चलाउन हम्मे पर्ने बुझेर नै हुनसक्छ देउवा पछिल्ला दिनमा ओलीसँग सम्बन्ध सुधारको प्रयास गरेका हुन् ।

एमालेका एक नेताको भनाइमा खासमा दुईवटा मुद्दाले ओलीसँग सम्बन्ध सुधार गर्नुपर्ने बुझाइमा देउवा छन् । एक, संसद चलाउन । दुई एमसीसीको पक्षमा माहोल बनाउन । संसदमा नयाँ बजेट ल्याउनेदेखि अन्य अध्यादेशहरू पारित गर्नु छ । हुनलाई गठबन्धनसँग बहुमत छ । तर, संसद नै चल्न नदिएको अवस्थामा कसरी पास गर्ने भन्ने समस्या हुन्छ ।

संसदको ठूलो दलको विरोधमा संसद चलाउन सरकारलाई हम्मे पर्नेछ । अर्को कुरा, ओलीको साथ विना एमसीसी पास हुन सक्ने अवस्था छैन र माहोल पनि बन्ने अवस्था छैन । त्यसैले ओलीको साथ देउवाका लागि अनिवार्य बनेको देखिन्छ ।

खासमा ओली पनि देउवासँग एमसीसीको विषयलाई खोतल्नै चाहिरहेको देखिन्छ । गठबन्धनमा दरार सिर्जना गर्ने एउटा महत्त्वपूर्ण एजेण्डा भनेको नै एमसीसी हो । त्यही एमसीसीभित्र खेल्न ओलीले देउवालाई उपयोग गर्ने रणनीतिमा छन् । त्यसैले संसदमा ओलीले एमसीसी खोई भन्दै केही दिनअघि प्रश्न उठाएका थिए ।

सिलापत्रबाट


Last Updated on: September 5th, 2021 at 4:08 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया