सोमबार २० मंसिर २०७८

मोदीको पु’त्ला जला’एको घटनाप्रति गृह मन्त्रालयको आ’पत्ति, कडा का’रवाही गर्ने चे’तावनी

भाद्र २०, २०७८ आइतबार 72
14
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौं / भारतीय प्रधानमन्त्रीवि’रुद्धको प्रद’र्शनप्रति गृह मन्त्रालयले आ’पत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्र राष्ट्रका विषयमा पनि अना’वश्यक टिप्प’णी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको हाे ।

 

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको ग’म्भीर ध्यानाकर्षण भएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्श्रृङ्खल र नि’न्दनीय गतिविधिप्रति मन्त्रालय ग’म्भीर आ’पत्ति प्रकट गर्दछ ।’मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरु’द्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख छ ।

 

‘मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँ’च आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’, गरिन्छ विज्ञप्तिमा भनिएको छ ।

 

गृहको विज्ञप्तिमा मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वा’र्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको भन्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने भन्दै त्यस्तो कुरा नमान्नेलाई कार’वाहीको चे’तावनी दिइएको छ ।

 

‘मित्र राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई का’नून हातमा लिनेलाई का’रवाही गरिने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>


Last Updated on: September 6th, 2021 at 4:26 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया