
काठमाडौं: आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ। यो घडीमा मातातीर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’। बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।
बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमाघर अर्थात माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरू मार्फत् पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमा प्रतिका भावना सम्झनाहरू व्यक्त गर्छन् । पूर्व खानेपानीमन्त्री बिना मगरले मातातिर्थ औंसीको अवसरमा सीता दाहालसँगैको तस्बिर राखेर एक भावुक स्टाटस लेखेकी छिन ।
उनले लेखेकी छिन- एकजना नेतृत्व कमरेडले मलाई सम्झाउदै भन्नु भथ्यो “बिना सिता भाउजु फरक प्रकृतिको महिला हो । स्वभाबजन्य समस्याहरू छन् । उहॅाको छुच्चोपनमा तपाई त्यो घर टिक्न सक्नु हुन्न इत्यादी इत्यादी…।” मेरो दिमागमा यस्ता इत्यादी रेडिमेड धारणाले घर गर्यो क्यारे केहि सकस महसुस हुन्थ्यो मलाई ।जब समयले मलाई तपाईको सामिप्यमै रहेर बुझ्ने अबसर जुरायो ।
आज म सगर्बकासाथ भन्छु कसैको सासु वा आमा मात्र नभएर बर्गियमुक्ति आन्दोलनको एउटा प्रेरणादाइ नेतृत्व हो तपाई,क्रान्तिकारी सोचसंगै बिद्रोही स्वभाव तपाईको पहिचान हो।अझै भन्नपर्दा जनयुद्दको अदृष्य खम्बा हो तपाई।सतहि दृष्टिमा सृजित धारणा र बास्त बिकतामा धेरै अन्तर हुदोरैछ मम्मी। तपाई मेरो आदर्श हो,तपाई मेरो अबिभावक,मेरो प्रेरणा,मेरो बिश्वास,मेरो जिन्दगी जिउने आधार हो मम्मी।
माहामारीको चपेटाले देशमा विकराल स्थिती सृजना भैरहदा हामी पनि अछुतो रहन सकेनौ। को’रोना भा’ईरसले गाजेको शरिरमा सासै रोकिन्छ की जस्तो भो ।अझ पिडा त छोरो प्रणबको ज्वरो नघट्दा भो अहिले हामी ठिक छौ । सामाजिक संजल भरी छरिएका श्रदा’न्जली शब्दहरुले मुटु पोल्दोरहेछ। मातातिर्थ औंसीमा तपाईसंग हामी आमा छोरो हुदैनौ यसपाली। तेसैले फेसबुकको सहारामै भएपनि मातातिर्थ औंसीको शुभकामना मम्मी। साथै मेरो आमा अनि देशको सम्पुर्ण आमाहरुमा मातातिर्थ औंसीको धेरै धेरै शुभकामना ।।।