आइतबार १९ मंसिर २०७८

संखुवासभा घटना : दुवै छोरा विदेशमा, घरमा ९० वर्षीय वृद्ध मात्रै भाग्यले बाँचे
September 6, 2021 admin ebihaniसमाचार / समाजNo Commenton संखुवासभा घटना : दुवै छोरा विदेशमा, घरमा ९० वर्षीय वृद्ध मात्रै भाग्यले बाँचे

मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ। ह’ ‘त्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ।

आइतबार राति अज्ञात स’मूहको ह’ति’या’र प्र’हा’रबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको ह’ ‘त्या भएको थियो। घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ। ह’ ‘त्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए। तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ।

५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खो ल्सामा फेला परेको उनले बताए। त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ। तेजबहादुरका बुवा ८९ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ। रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ।

तेजबहादुर कार्कीका दुवै छोरा वैदेशिक रोजगारीका लागि विदेशमा छन्। जेठो रमेश कार्की मलेसियामा र कान्छो नरेश दुवईमा छन्। रमेशका श्रीमती र छोराछोरीको पनि ह’ ‘त्या भएको छ भने कान्छाका श्रीमती र एक छोरा जोगिएका छन्। नरेशका परिवार नै झापामा भएका कारण जोगिएको स्थानीय रुपेश कटुवालले जानकारी दिए। घरमा भएका मध्ये भने ९० वर्षीय बृद्ध बौद्धमान कार्की मात्रै जोगिएका हुन्। बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि ह’ ‘त्या भएको छ। उनको शव घरभित्रै फेला परेको हो।

५२ वर्षीय तेजबहादुरको शव घर नजिकै सडकमा भेटिएको छ। तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खोल्सामा फेला परेको छ। रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव घर माथि मकै बारीमा फेला परेको छ।

अहिले प्रहरीले घटनास्थल सुरक्षित गरेको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएर उनलाई उठाउन गएपछिमात्रै घटनाबारे उनले परिवारका सबै मारिएको थाहा पाएका थिए। स्थानीयका अनुसार बौद्धमान गएराति ६ बजे नै सुतेका थिए।

‘हिजो राति खाना खाएर ६ बजे नै सुत्नुभएको रैछ। बिहान स्थानीयले थाहा पाएर बोलाउन जाँदा पनि खेततिर गएका होलान् काम गर्न भन्नुभयो,’ वडाध्यक्ष कटुवालले भने,’घटनाबारे त मैले केही पनि थाहा पाइनँ भन्नुहुन्छ।’ एकै पटक मा’रिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ।


Last Updated on: September 7th, 2021 at 12:51 am
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया